मुख्य समाचार
बार्बडियन फास्ट बलर रामोन सिमण्ड्स लुम्बिनी लायन्समा
बार्बडियन फास्ट बलर रामोन सिमण्ड्स लुम्बिनी लायन्समा

। लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिगको लागि बार्बाडियन फास्ट बलर रामोन सिमण्ड्सलाई टिममा ल्याएको छ । सिमण्ड्स लुम्बिनी लायन्सले हस्ताक्षर गरेको चौँथो विदेशी खेलाडी हुन् ।

बायाँ हाते पेसरको रुपमा सिमण्ड्सले २० वर्षको उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेषगरी उनले आईसीसी यू-१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यू–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाएका थिए ।

दबाबको स्थितिमा पनि उत्कृष्ट बलिङ गर्ने सक्षमता र आफ्नो धारिलो बलिङले टप अर्डर ब्याट्सम्यानलाई पनि चुनौती दिन सक्ने क्षमताले उनी लुम्बिनीका लागि महत्वपूर्ण खेलाडी हुनेछन् ।

लुम्बिनी लायन्समा सामेल हुन पाउँदा आफ्नो उत्साह व्यक्त गर्दै सिमण्ड्सले भने, ‘नेपाल प्रिमियर लिगको यो पहिलो सिजनमा लुम्बिनी लायन्सको हिस्सा बन्न पाउनु मेरो करियरको एक रोमाञ्चक अध्याय हो । नेपालीहरुको क्रिकेटप्रतिको उत्साहको बारेमा मैले धेरै सुनेको थिएँ, अब मैदानमा नै त्यो उर्जा हेर्न आतुर छु ।’


लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सिमण्ड्सको आगमनप्रति आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हामी रामोन सिमण्ड्सलाई लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा निकै खुसी छौं । हामीलाई विश्वास छ कि उनको बलिङ हाम्रो टिमको लागि अत्यन्त महत्वपूर्ण हुनेछ । उनको युवा जोसले हाम्रो सम्पूर्ण टिम र विशेष गरी हाम्रा युवा खेलाडीहरूलाई प्रेरणा दिनेछ।’

नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ मा शुरु भई पुष ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...