मुख्य समाचार
बार्बडियन फास्ट बलर रामोन सिमण्ड्स लुम्बिनी लायन्समा
बार्बडियन फास्ट बलर रामोन सिमण्ड्स लुम्बिनी लायन्समा

। लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिगको लागि बार्बाडियन फास्ट बलर रामोन सिमण्ड्सलाई टिममा ल्याएको छ । सिमण्ड्स लुम्बिनी लायन्सले हस्ताक्षर गरेको चौँथो विदेशी खेलाडी हुन् ।

बायाँ हाते पेसरको रुपमा सिमण्ड्सले २० वर्षको उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेषगरी उनले आईसीसी यू-१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यू–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाएका थिए ।

दबाबको स्थितिमा पनि उत्कृष्ट बलिङ गर्ने सक्षमता र आफ्नो धारिलो बलिङले टप अर्डर ब्याट्सम्यानलाई पनि चुनौती दिन सक्ने क्षमताले उनी लुम्बिनीका लागि महत्वपूर्ण खेलाडी हुनेछन् ।

लुम्बिनी लायन्समा सामेल हुन पाउँदा आफ्नो उत्साह व्यक्त गर्दै सिमण्ड्सले भने, ‘नेपाल प्रिमियर लिगको यो पहिलो सिजनमा लुम्बिनी लायन्सको हिस्सा बन्न पाउनु मेरो करियरको एक रोमाञ्चक अध्याय हो । नेपालीहरुको क्रिकेटप्रतिको उत्साहको बारेमा मैले धेरै सुनेको थिएँ, अब मैदानमा नै त्यो उर्जा हेर्न आतुर छु ।’


लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सिमण्ड्सको आगमनप्रति आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हामी रामोन सिमण्ड्सलाई लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा निकै खुसी छौं । हामीलाई विश्वास छ कि उनको बलिङ हाम्रो टिमको लागि अत्यन्त महत्वपूर्ण हुनेछ । उनको युवा जोसले हाम्रो सम्पूर्ण टिम र विशेष गरी हाम्रा युवा खेलाडीहरूलाई प्रेरणा दिनेछ।’

नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ मा शुरु भई पुष ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...