मुख्य समाचार
पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल
पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल

— क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले शुक्रबार राति पोल्यान्डलाई ५–१ ले हराएको छ । यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो ।



त्यसक्रममा पोर्चुगलले उत्कृष्ट आक्रमण खेल प्रदर्शन गरेको थियो । रोनाल्डोले ७२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि ८७ औं मिनेटमा दोस्रो थपे । उनले उत्कृष्ट ‘बाइसाइकल किक’ को मद्दतले दोस्रो गोल गरेका हुन् ।

नेसन्स लिगमा रोनाल्डो लयमा फर्केका छन् र पाँच गोल गरिसकेका छन् । यो नतिजाले पोर्चुगल लिग–ए ग्रुप–वानको शीर्षमा रहने निश्चित भएकोछ । यसै समूहको अर्को खेलमा स्कटल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्‍यो ।

लिग–ए ग्रुप–फोरमा युरोपेली च्याम्पियन्स स्पेनले डेनमार्कलाई २–१ ले हरायो भने स्विटजरल्यान्ड र सर्बियाले १–१ को बराबरी खेले । स्पेन यसअघि नै यस समूहबबाट क्वाटरफाइनल पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...