मुख्य समाचार
बंगलादेशले भारतलाई डेढ खर्ब बिजुली बिल तिर्न बाँकी
बंगलादेशले भारतलाई डेढ खर्ब बिजुली बिल तिर्न बाँकी

। बंगलादेशले भारतबाट बिजुली आयात गरेबापत १ अर्ब अमेरिकी डलरभन्दा बढी (करिब १ खर्ब ३५ अर्ब रुपैयाँ) बक्यौता तिर्न बाँकी छ ।

बंगलादेशले अमेरिकी डलर अभाव कारण देखाउँदै भारतीय कम्पनीहरूलाई बिजुली बिल बक्यौता भुक्तानी गर्न नसकेको रोयटर्सले जनाएको छ ।


बंगलादेशले भारतीय कम्पनीहरूलाई तिर्नुपर्ने कुल बक्यौतामध्ये ८० करोड डलर निजी कम्पनी अडानी पावरको मात्रै रहेको छ । बंगलादेशले बक्यौता भुक्तानी नगरेपछि अडानीले बंगलादेशलाई ६० प्रतिशत विद्युत् कटौती गरेको द इकोनोमिक टाइम्सले लेखेको छ ।

झारखन्डको गोड्डा प्लान्टबाट अडानी पावरले बंगलादेशलाई १ हजार ६ सय मेगावाट विद्युत् निर्यात गर्दै आएको थियो । त्यसलाई पहिले नै घटाएर ७ सयदेखि ७ सय ५० मेगावाटमा झारिएको थियो ।


यसमा पनि बिहीबारदेखि ५ सय २० मेगावाट मात्रै निर्यात गर्न थालेको बंगलादेश पावर डेभपलमेन्ट बोर्ड स्रोत उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ ।

यसबाहेक पावर ट्रेड कर्पोरेसन इन्डिया र एसईआईएल इनर्जी इन्डियालाई बंगलादेशले क्रमशः ८ करोड र १९ करोड अमेरिकी डलर बराबर बिजुली बिल तिर्न बाँकी रहेको पनि रोयटर्सले जनाएको छ ।

नेपालले पनि शुक्रबारदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात थालेको छ । नेपाल–भारत–बंगलादेशबीच त्रिदेशीय सम्झौता अनुसार नोभेम्बर १५ (आज) सम्म मात्रै यो याममा विद्युत् निर्यात हुनेछ ।

नेपालको ऊर्जा क्षेत्रमा यो निकै महत्त्वपूर्ण उपलब्धि भए पनि बंगलादेशको आर्थिक अवस्थाका कारण नेपालले बिजुलीको बिल भुक्तानी नपाउने हो कि भन्ने शंका भने गर्न थालिएको छ ।

सन् २०२२ देखि जारी रुस–युक्रेन युद्धका कारण इन्धन मूल्य बढेपछि बंगलादेशले विदेश तथा विदेशी कम्पनीलाई भुक्तानी गर्न संघर्ष गरिरहेको छ । हालै त्यहाँ राजनीतिक उथलपुथल भएपछि त्यो समस्या अझै चुलिएको छ ।

अहिले बंगलादेशले ५ अर्ब अमेरिकी डलर वित्तीय सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्राकोष लगायतलाई अनुरोध गरिरहेको छ । यसअघि बंगलादेशको अर्थतन्त्रको उद्धारका लागि आईएमएफले ४.७ अर्ब अमेरिकी डलर दिएको थियो ।

बंगलादेशले भारतको आफ्नो कुल ऊर्जा खपतको २० प्रतिशत भारतबाट आयात गर्छ । उसले करिब एक वर्षदेखि बिजुली बिल तिर्न नसकेको रोयटर्सले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...