मुख्य समाचार
दक्षिण अफ्रिकासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा भारतले जित हासिल गरे
दक्षिण अफ्रिकासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा भारतले जित हासिल गरे

। दक्षिण अफ्रिकासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा भारतले जित हासिल गरेको छ । शुक्रबार राति भएको चौथो खेलमा १३५ रनको फराकिलो जित निकाल्दै भारतले श्रृंखला ३-१ ले जितेको हो ।

भारतले दिएको २८४‌ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रनमा अल आउट भयो । ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए भने डेभिड मिलरले ३६ तथा मार्को यान्सेनले अविजित २९‌ रन बनाए ।


भारतका लागि अर्शदीप सिंहले ३ ओभरमा २०‌ रन दिएर ३ विकेट लिए भने वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिँदा हार्दिक पान्ड्या, रमनदीप सिंह र रवि विश्नोईले १-१ विकेट लिए । दक्षिण अफ्रिकाले टी-२० मा व्यहोरेको यो सबैभन्दा ठुलो अन्तरको हार हो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १ विकेट गुमाएर २८३ रन बनाएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई फुल-मेम्बर बीचमा बनेको यो दोस्रो ठुलो स्कोर हो ।

यसअघि गत महिना भारतले नै बंगलादेशसँग २९७ रन बनाएको थियो ‌। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर भने जिम्बाबेको नाममा छ, उसले नेपालको नाममा भएको ३१४ रनको रेकर्ड तोड्दै ३४४ रन बनाएको थियो ।

विशाल योगफल खडा गर्ने क्रममा भारतका लागि तिलक बर्मा र सन्जु सामसनले शतक प्रहार गर्दै अविजित दोहोरो शतकीय साझेदारी समेत गरे । तिलक १२० रनमा नटआउट रहँदा सामसनले अविजित १०९ रन बनाए ।

४७ बल खेलेका तिलकले ९ चौका‌ र १० छक्का प्रहार गरे । ५६ बल खेलेका सामसनले ६ चौका र ९ छक्का हिर्काए । दक्षिण अफ्रिकाका लुथो सिपाम्लाले एकमात्र विकेट लिए । सबै बलरहरुले १० ‌भन्दा माथिको इकोनोमीमा रन खर्चिएका थिए ।

यसअघि पहिलो खेल जितेको भारतले दोस्रो खेलमा पराजित हुँदा तेस्रो खेल जितेको थियो । उक्त खेलमा पनि तिलकले शतक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...