मुख्य समाचार
दक्षिण अफ्रिकासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा भारतले जित हासिल गरे
दक्षिण अफ्रिकासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा भारतले जित हासिल गरे

। दक्षिण अफ्रिकासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा भारतले जित हासिल गरेको छ । शुक्रबार राति भएको चौथो खेलमा १३५ रनको फराकिलो जित निकाल्दै भारतले श्रृंखला ३-१ ले जितेको हो ।

भारतले दिएको २८४‌ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रनमा अल आउट भयो । ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए भने डेभिड मिलरले ३६ तथा मार्को यान्सेनले अविजित २९‌ रन बनाए ।


भारतका लागि अर्शदीप सिंहले ३ ओभरमा २०‌ रन दिएर ३ विकेट लिए भने वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिँदा हार्दिक पान्ड्या, रमनदीप सिंह र रवि विश्नोईले १-१ विकेट लिए । दक्षिण अफ्रिकाले टी-२० मा व्यहोरेको यो सबैभन्दा ठुलो अन्तरको हार हो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १ विकेट गुमाएर २८३ रन बनाएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई फुल-मेम्बर बीचमा बनेको यो दोस्रो ठुलो स्कोर हो ।

यसअघि गत महिना भारतले नै बंगलादेशसँग २९७ रन बनाएको थियो ‌। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर भने जिम्बाबेको नाममा छ, उसले नेपालको नाममा भएको ३१४ रनको रेकर्ड तोड्दै ३४४ रन बनाएको थियो ।

विशाल योगफल खडा गर्ने क्रममा भारतका लागि तिलक बर्मा र सन्जु सामसनले शतक प्रहार गर्दै अविजित दोहोरो शतकीय साझेदारी समेत गरे । तिलक १२० रनमा नटआउट रहँदा सामसनले अविजित १०९ रन बनाए ।

४७ बल खेलेका तिलकले ९ चौका‌ र १० छक्का प्रहार गरे । ५६ बल खेलेका सामसनले ६ चौका र ९ छक्का हिर्काए । दक्षिण अफ्रिकाका लुथो सिपाम्लाले एकमात्र विकेट लिए । सबै बलरहरुले १० ‌भन्दा माथिको इकोनोमीमा रन खर्चिएका थिए ।

यसअघि पहिलो खेल जितेको भारतले दोस्रो खेलमा पराजित हुँदा तेस्रो खेल जितेको थियो । उक्त खेलमा पनि तिलकले शतक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...