मुख्य समाचार
नेपालबाट बंगलादेशमा आजदेखि बिजुली निर्यात सुरू
नेपालबाट बंगलादेशमा आजदेखि बिजुली निर्यात सुरू

: नेपालबाट बंगलादेशमा आजदेखि बिजुली निर्यात सुरू भएको छ। शुक्रबार सिंहदरबारबाट उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र भारत तथा बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त रुपमा बंगलादेशमा विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् । यसअघि भएको त्रिदेशीय सम्झौता अनुसार शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।



विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत बङ्गलादेश निर्यात गरिनेछ ।

बंगलादेश विद्युत निर्यात शुभारम्भ गर्दै ऊर्जामन्त्री खड्काले बिजुली बङ्गलादेश निर्यात सुरु भएसँगै दक्षिण एशियामा नै विधुत बिक्री गर्ने लक्ष्यमा अघि बढेको बताए । उनले नेपालको आर्थिक विकासमा समेत सहयोग गर्ने जिकिर गरे।


विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराएको छ भने मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुगेको हो ।

प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसाका दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने यसअघि सम्झौता गरेको थियो । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।

बंगलादेशमा निर्यात हुने बिजुलीको मिटर भारतको मुजफ्फरपुरमा रहनेछ। त्यही मिटरका आधारमा प्राधिकरणले पैसा पाउनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साईन ९एन–एजेओ रहेको एटीआर–७२ जहाजलाई औपचारिक रुपमा विदाइ गरेको छ । एटीआर–७२ जहाजको अधिक्तम उडान क्षमता ७२,००० साईकल हो । ‘साईकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ । यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा ...
। नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ । निगम प्रवक्ता मनोज ठाकुरले निगम र ग्यास उद्योगीहरूबीच भएको छलफलमा उद्योगीले आपूर्तिमा कुनै समस्या नभए पनि वितरण प्रणालीमा सुधार आवश्यक रहेको ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले इथानोलबारे २० वर्षदेखि पटकपटक अध्ययन र छलफल भइरहेकाले आफू आइसकेपछि निर्णय लिन सहज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको 'नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनका रणनीतिहरु' कार्यक्रममा उद्योग मन्त्री सिन्हाले यस्तो बताएका हुन् । 'वर्षौंदेखि छलफल भइरहेको रहेछ । ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् । यसले नेपालबाट वार्षिक करिब ६ ...
। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना बित्दा साढे १७ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कुल ६७ अर्ब ४७ करोड ७३ लाख विनियोजित बजेटमध्ये १७.७९ प्रतिशत मात्रै खर्च भएको छ । माघ मसान्तसम्मको कुल खर्च १२ अर्ब ३१ लाख ७५ हजार मात्र बजेट खर्च ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम