मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त
राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त

। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन् ।

ट्रम्पको छनौटमा परेपछि गबार्डले ट्रम्पलाई धन्यवाद दिंदै काम गर्न तत्पर रहेको प्रतिक्रिया दिएकी छन् । उनले बुधबार बिहान सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईंको मन्त्रिपरिषद्को सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि डोनाल्ड ट्रम्पलाई धन्यवाद । म तपाईंसँग काम गर्न तत्पर छु।’


४३ वर्षीया गबार्डलाई यो जिम्मेवारी दिँदै डोनाल्ड ट्रम्पले भनेका छन्, ‘कांग्रेसकी पूर्व महिला सदस्य लेफ्टिनेन्ट कर्नेल तुलसी गबार्डले राष्ट्रिय गुप्तचर (डीएनआई) निर्देशकको रूपमा काम गर्ने छन् भन्ने घोषणा गर्न पाउँदा म खुसी छु ।’

होमल्याण्ड सेक्युरिटी कमिटीमा पनि दुई वर्षभन्दा बढी काम गरिसकेकी उनी एक दशकअघि लेफ्टिनेन्ट कर्नेल बनेर इराक युद्ध लडिसकेकी छन् ।


ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि तुलसीले पदभार ग्रहण गर्नेछिन् ।

डेमोक्रेटिक पार्टीबाट ४ पटक सांसद भइसकेकी तुलसी यसअघि बाइडेनको डेमोक्रेटिक पार्टीकी नेता थिइन् । उनी अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने पहिलो हिन्दु सांसद पनि हुन् ।

दुई वर्ष पहिला डेमोक्रेटिक पार्टी छाडेर रिपब्लिकन पार्टी प्रवेश गर्नेक्रममा गबार्डले डेमोक्रेटिक पार्टी अभिजात वर्गको कब्जामा गइसकेको गम्भीर आरोप लगाएकी थिइन् ।

उनले डेमोक्रेटिक पार्टीले इस्लाम चरमपन्थलाई रोक्न नसकेको आरोप समेत लगाएकी थिइन् । गबार्ड २०१६ मा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बनेकी थिइन् । पछि उनले हिलारी क्लिन्टको सट्टा बर्नी स्यान्डर्सलाई समर्थन गरेकी थिइन् ।

सन् २०२० मा पनि राष्ट्रपति पदका लागि डेमोक्रेटिक प्राइमरीको प्रतिस्पर्धामा सहभागी भइन् । पछि उनले बाइडेनलाई साथ दिइन् । सन् २०२२ पछि पार्टी छाडेपछि उनी फक्स न्यूजमा जोडिइन् । उनी कैयौं टेलिभिजन सोमा कार्यक्रम सञ्चालक समेत बनिन् ।

सन् २०२२ को चुनावमा रिपब्लिकन उम्मेदवारको पक्षमा प्रचार प्रसारमा सहभागी भएकी थिइन् । अमेरिकी संसदमा रहँदा ओबामा र बाइडेन प्रशासनको निकै आलोचना गरेकी थिइन् । उनी उपराष्ट्रपति कमला ह्यारिसको पनि चर्को आलोचक हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम