मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त
राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त

। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन् ।

ट्रम्पको छनौटमा परेपछि गबार्डले ट्रम्पलाई धन्यवाद दिंदै काम गर्न तत्पर रहेको प्रतिक्रिया दिएकी छन् । उनले बुधबार बिहान सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईंको मन्त्रिपरिषद्को सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि डोनाल्ड ट्रम्पलाई धन्यवाद । म तपाईंसँग काम गर्न तत्पर छु।’


४३ वर्षीया गबार्डलाई यो जिम्मेवारी दिँदै डोनाल्ड ट्रम्पले भनेका छन्, ‘कांग्रेसकी पूर्व महिला सदस्य लेफ्टिनेन्ट कर्नेल तुलसी गबार्डले राष्ट्रिय गुप्तचर (डीएनआई) निर्देशकको रूपमा काम गर्ने छन् भन्ने घोषणा गर्न पाउँदा म खुसी छु ।’

होमल्याण्ड सेक्युरिटी कमिटीमा पनि दुई वर्षभन्दा बढी काम गरिसकेकी उनी एक दशकअघि लेफ्टिनेन्ट कर्नेल बनेर इराक युद्ध लडिसकेकी छन् ।


ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि तुलसीले पदभार ग्रहण गर्नेछिन् ।

डेमोक्रेटिक पार्टीबाट ४ पटक सांसद भइसकेकी तुलसी यसअघि बाइडेनको डेमोक्रेटिक पार्टीकी नेता थिइन् । उनी अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने पहिलो हिन्दु सांसद पनि हुन् ।

दुई वर्ष पहिला डेमोक्रेटिक पार्टी छाडेर रिपब्लिकन पार्टी प्रवेश गर्नेक्रममा गबार्डले डेमोक्रेटिक पार्टी अभिजात वर्गको कब्जामा गइसकेको गम्भीर आरोप लगाएकी थिइन् ।

उनले डेमोक्रेटिक पार्टीले इस्लाम चरमपन्थलाई रोक्न नसकेको आरोप समेत लगाएकी थिइन् । गबार्ड २०१६ मा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बनेकी थिइन् । पछि उनले हिलारी क्लिन्टको सट्टा बर्नी स्यान्डर्सलाई समर्थन गरेकी थिइन् ।

सन् २०२० मा पनि राष्ट्रपति पदका लागि डेमोक्रेटिक प्राइमरीको प्रतिस्पर्धामा सहभागी भइन् । पछि उनले बाइडेनलाई साथ दिइन् । सन् २०२२ पछि पार्टी छाडेपछि उनी फक्स न्यूजमा जोडिइन् । उनी कैयौं टेलिभिजन सोमा कार्यक्रम सञ्चालक समेत बनिन् ।

सन् २०२२ को चुनावमा रिपब्लिकन उम्मेदवारको पक्षमा प्रचार प्रसारमा सहभागी भएकी थिइन् । अमेरिकी संसदमा रहँदा ओबामा र बाइडेन प्रशासनको निकै आलोचना गरेकी थिइन् । उनी उपराष्ट्रपति कमला ह्यारिसको पनि चर्को आलोचक हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...