मुख्य समाचार
तलब बढाउन माग गर्दै नर्सले अस्ट्रेलियाको ठूलो सहर सिड्नीमा आन्दोलन
तलब बढाउन माग गर्दै नर्सले अस्ट्रेलियाको ठूलो सहर सिड्नीमा आन्दोलन

— तलब बढाउन माग गर्दै नर्सले अस्ट्रेलियाको ठूलो सहर सिड्नीमा आन्दोलन गरेका छन् । न्यु साउथ वेल्स राज्यका दसौं हजार नर्स र मिडवाईफ बुधबार काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।



अस्ट्रेलियामा नर्सले राम्रो सेवा सुविधा माग गर्दै पटक-पटक आन्दोलन गर्दै आएका छन् । न्यु साउथ वेल्समा नर्सिङ पेसामा रहेकाले आफूहरुलाई १५ प्रतिशत तलब वृद्धिको माग गरेका हुन् । पटक-पटक भएको छलफलका क्रममा दिन भनिएको सुविधा उपलब्ध नभएपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।


यहाँस्थित नर्सिङ तथा मिडवाईफ एसोसिएसनले बुधबार बिहान ७ बजेदेखि आन्दोलन सुरु गरेका हुन् । २४ घण्टे आन्दोलनमा उत्रिएका उनीहरुको कारण शल्यक्रिया लगायतका महत्वपूर्ण स्वास्थ्य सेवा अवरुद्ध भएको समाचारमाध्यमले जनाएका छन् ।

आन्दोलनरत नर्सहरुले सुरक्षित काम गर्ने वातावरण बन्नुपर्ने, लिङ्गको आधारमा हुने तलबको भेद्‌भाव अन्त्य हुनुपर्ने लगायतका माग समेत राखेका छन् । कम तलबलगायत समस्याका कारण पुराना नर्सले पेसा नै छाड्नुपर्ने अवस्था आएको भन्दै सरकारको आलोचना गरेका छन् । न्यु साउथ वेल्स सरकारले राखेको ३ प्रतिशत तलब वृद्धिको प्रस्ताव आन्दोलनरत नर्सहरुले अस्वीकार गरेको स्थानीय समाचारमा उल्लेख गरिएको छ ।

न्यु साउथ वेल्स सरकारले हालै शिक्षक, पारामेडिक्स तथा प्रहरीको तलबमा ४० प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो । तर नर्सहरुलाई उपेक्षा गरिएको भन्दै उनीहरुले सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

आन्दोलनमा न्यू साउथ वेल्स राज्यको ग्रामीण भेगमा रहेका नर्स तथा मिडवाईफसमेत सहभागी थिए ।

राज्यका स्वास्थ्यमन्त्री रायन पार्कले सरकारले अन्तरिम पारिश्रमिक वृद्धि गराउनका लागि काम गरिरहेको भए पनि नर्सिङ सम्बद्ध संस्था प्रतिबद्धताबाट पछि हटेर हड्तालमा उत्रिएको प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम