मुख्य समाचार
तलब बढाउन माग गर्दै नर्सले अस्ट्रेलियाको ठूलो सहर सिड्नीमा आन्दोलन
तलब बढाउन माग गर्दै नर्सले अस्ट्रेलियाको ठूलो सहर सिड्नीमा आन्दोलन

— तलब बढाउन माग गर्दै नर्सले अस्ट्रेलियाको ठूलो सहर सिड्नीमा आन्दोलन गरेका छन् । न्यु साउथ वेल्स राज्यका दसौं हजार नर्स र मिडवाईफ बुधबार काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।



अस्ट्रेलियामा नर्सले राम्रो सेवा सुविधा माग गर्दै पटक-पटक आन्दोलन गर्दै आएका छन् । न्यु साउथ वेल्समा नर्सिङ पेसामा रहेकाले आफूहरुलाई १५ प्रतिशत तलब वृद्धिको माग गरेका हुन् । पटक-पटक भएको छलफलका क्रममा दिन भनिएको सुविधा उपलब्ध नभएपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।


यहाँस्थित नर्सिङ तथा मिडवाईफ एसोसिएसनले बुधबार बिहान ७ बजेदेखि आन्दोलन सुरु गरेका हुन् । २४ घण्टे आन्दोलनमा उत्रिएका उनीहरुको कारण शल्यक्रिया लगायतका महत्वपूर्ण स्वास्थ्य सेवा अवरुद्ध भएको समाचारमाध्यमले जनाएका छन् ।

आन्दोलनरत नर्सहरुले सुरक्षित काम गर्ने वातावरण बन्नुपर्ने, लिङ्गको आधारमा हुने तलबको भेद्‌भाव अन्त्य हुनुपर्ने लगायतका माग समेत राखेका छन् । कम तलबलगायत समस्याका कारण पुराना नर्सले पेसा नै छाड्नुपर्ने अवस्था आएको भन्दै सरकारको आलोचना गरेका छन् । न्यु साउथ वेल्स सरकारले राखेको ३ प्रतिशत तलब वृद्धिको प्रस्ताव आन्दोलनरत नर्सहरुले अस्वीकार गरेको स्थानीय समाचारमा उल्लेख गरिएको छ ।

न्यु साउथ वेल्स सरकारले हालै शिक्षक, पारामेडिक्स तथा प्रहरीको तलबमा ४० प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो । तर नर्सहरुलाई उपेक्षा गरिएको भन्दै उनीहरुले सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

आन्दोलनमा न्यू साउथ वेल्स राज्यको ग्रामीण भेगमा रहेका नर्स तथा मिडवाईफसमेत सहभागी थिए ।

राज्यका स्वास्थ्यमन्त्री रायन पार्कले सरकारले अन्तरिम पारिश्रमिक वृद्धि गराउनका लागि काम गरिरहेको भए पनि नर्सिङ सम्बद्ध संस्था प्रतिबद्धताबाट पछि हटेर हड्तालमा उत्रिएको प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...