मुख्य समाचार
इलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त
इलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त

— अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अर्बपति इलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरेका छन् । मस्कले भारतीय मूलका रिपब्लिकन नेता विवेक रामास्वामीसँगको सहकार्यमा सो विभाग सम्हाल्ने ट्रम्पले घोषणा गरेका छन् ।



‘यी दुई अद्भुत् अमेरिकीहरूले विद्यमान सरकारी कर्मचारीतन्त्रको पुन: संरचना गर्न, अधिक नियमन र अनावश्यक खर्च कटौती गर्न र संघीय संरचनाको पुन: गठनका लागि मेरो प्रशासनलाई सहयोग पुर्‍याउनेछन्,’ ट्रम्पले मंगलबार आफ्नो वक्त्तव्यमा भनेका छन् । उनले मस्कलाई ‘महान’ र रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ को संज्ञासमेत दिएका छन् ।


ट्रम्पले गत सेप्टेम्बरमा आफ्नो नयाँ आर्थिक योजनाअन्तर्गत गभर्मेन्ट इफिसियन्सी कमिसन स्थापना गर्ने घोषणा गरेका थिए । यस विभागले कसरी काम गर्छ भन्ने स्पष्ट भइसकेको छैन । तर, आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले अर्बौं खर्ब सरकारी खर्च कटौतीका लागि कमिसन महत्त्वपूर्ण हुने बताएका थिए ।

गत अगस्टमा सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’मा भएको कुराकानीमा मस्कले ट्रम्पलाई ‘सरकारी कार्यदक्षता आयोग’ गठन गर्न र आफूलाई त्यसमा नियुक्त गर्न सुझाव दिएका थिए । ट्रम्पले त्यतिबेला नै ‘त्यसो गर्न तयार रहेको’ बताएका थिए ।

गत महिना चुनावी र्‍यालीका क्रममा मस्कले राष्ट्रिय बजेटबाट २ ट्रिलियन डलर खर्च कटौती गर्ने बताएका थिए । अमेरिकी अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२४ मा संघीय सरकारले ६.८ ट्रिलियन डलर खर्च गरेको थियो । सन् २०२२ मा तत्कालीन ट्वििटर खरिद गरेर उल्लेख्य संख्यामा कर्मचारी कटौती गरेका मस्कलाई ट्रम्पले ‘खर्च कटौती सचिव’ भन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम