मुख्य समाचार
इलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त
इलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त

— अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अर्बपति इलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरेका छन् । मस्कले भारतीय मूलका रिपब्लिकन नेता विवेक रामास्वामीसँगको सहकार्यमा सो विभाग सम्हाल्ने ट्रम्पले घोषणा गरेका छन् ।



‘यी दुई अद्भुत् अमेरिकीहरूले विद्यमान सरकारी कर्मचारीतन्त्रको पुन: संरचना गर्न, अधिक नियमन र अनावश्यक खर्च कटौती गर्न र संघीय संरचनाको पुन: गठनका लागि मेरो प्रशासनलाई सहयोग पुर्‍याउनेछन्,’ ट्रम्पले मंगलबार आफ्नो वक्त्तव्यमा भनेका छन् । उनले मस्कलाई ‘महान’ र रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ को संज्ञासमेत दिएका छन् ।


ट्रम्पले गत सेप्टेम्बरमा आफ्नो नयाँ आर्थिक योजनाअन्तर्गत गभर्मेन्ट इफिसियन्सी कमिसन स्थापना गर्ने घोषणा गरेका थिए । यस विभागले कसरी काम गर्छ भन्ने स्पष्ट भइसकेको छैन । तर, आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले अर्बौं खर्ब सरकारी खर्च कटौतीका लागि कमिसन महत्त्वपूर्ण हुने बताएका थिए ।

गत अगस्टमा सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’मा भएको कुराकानीमा मस्कले ट्रम्पलाई ‘सरकारी कार्यदक्षता आयोग’ गठन गर्न र आफूलाई त्यसमा नियुक्त गर्न सुझाव दिएका थिए । ट्रम्पले त्यतिबेला नै ‘त्यसो गर्न तयार रहेको’ बताएका थिए ।

गत महिना चुनावी र्‍यालीका क्रममा मस्कले राष्ट्रिय बजेटबाट २ ट्रिलियन डलर खर्च कटौती गर्ने बताएका थिए । अमेरिकी अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२४ मा संघीय सरकारले ६.८ ट्रिलियन डलर खर्च गरेको थियो । सन् २०२२ मा तत्कालीन ट्वििटर खरिद गरेर उल्लेख्य संख्यामा कर्मचारी कटौती गरेका मस्कलाई ट्रम्पले ‘खर्च कटौती सचिव’ भन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...