मुख्य समाचार
जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने
जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने

। जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने भएका छन् । उनीहरूले आगामी फेब्रुअरीमा नेपाल आउने प्रतिबद्धता जनाएका हुन् ।

फिल्ड वर्कका लागि नेपाल आउनु अगाडि टोयो विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक एवं सामाजिक कार्य विभागका पूर्वप्रमुख डाक्टर शुक्रराज अधिकारीलाई बोलाएर नेपालको समग्र परिचय, त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक र सोसल वर्क (सामाजिक कार्य विषय)का तहगत पाठ्यक्रमहरुबारे जानकारी लिएको छ ।


टोयो युनिभर्सिटी टोकियो जापानको निमन्त्रणामा अधिकारी यही नोभेम्बर ७ मा जापानस्थित टोकियो पुगेका थिए ।

सहप्रध्यापक अधिकारीले नेपालमा भइरहेको सोसल वर्कको अध्यापन, स्नातक, पिएचडी तहसम्मका पाठ्यक्रम र पाठ्यवस्तु र नेपालमा यसबारे भइराखेका अनुसन्धानमूलक गतिविधिहरूबारे टोयो युनिभर्सिटीका प्राध्यापक र विद्यार्थीहरुलाई जानकारी गराएका छन् ।




आफ्नो प्रस्तुति समेतको प्रभावमा परेर विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुले आफ्नो फिल्ड वर्कको लागि नेपाल आउने प्रतिबद्धता जनाएको अधिकारीले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयसँगको समन्वयमा उनीहरु आगामी फेब्रुअरीमा नेपाल आउनेछन् ।

सह-प्राध्यापक अधिकारी विगत २२ वर्षअघिदेखि त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनरत छन् । समयशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका अधिकारी नेपाली समाजलाई अध्ययनको फिल्ड बनाउने विषय आफैँमा गर्वको विषय रहेको बताउँछन् ।

समाजशास्त्र, सामाजिक शिक्षा, सामाजिक कार्य लैंगिक अध्ययन लगायतका विषयहरूका स्नातक तह, पीएचडी तहसम्मका विभिन्न पाठ्यक्रमहरू निर्माणमा संलग्न प्राध्यापन अन्य देशका विभिन्न विश्वविद्यालयमा समेत पुगिरहेका हुन्छन् ।

अधिकारीले यसअघि अस्ट्रेलियाका अस्ट्रेलियन नेसनल युनिभर्सिटी, न्यु क्यासल युनिभर्सिटी स्विजरल्यान्डको युनिभर्सिटी, पोर्चुगलको युनिभर्सिटी अफ लिजबन, भारत स्थित विभिन्न विश्वविद्यालयहरूमा पुगेर कार्यपत्रहरू प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु

टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानकी नयाँ प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टी (LDP) की अध्यक्ष ताकाइचीले आफ्नो कार्यकालको पहिलो ठूलो कूटनीतिक परीक्षा सामना गर्न लागेकी छन्। उनी अक्टोबर २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो शिखर बैठक गर्ने तयारीमा छन्। यस भेटका क्रममा ट्रम्पले जापानसँग रक्षा खर्च सकल गार्हस्थ उत्पादन (GDP) को ३.५% ...

ओसाका, अक्टोबर १० (न्युज अन जापान) — ओसाकाको नाकानोशिमा क्षेत्रमा अक्टोबर १० बाट एक अनौठो अनुभव सुरु भएको छ — “स्काई रेस्टुरेन्ट”, जहाँ पाहुनाहरूलाई जमिनबाट ४० मिटर माथि झुन्डिएर खाना र पेय पदार्थको मजा लिन मिल्नेछ। यो रेस्टुरेन्ट अनुभव जापानको कान्साई क्षेत्रमा पहिलोपटक ल्याइएको हो, जुन यसअघि बेलायत, फ्रान्स, जर्मनी, चीनसहित ६५ भन्दा बढी देशहरूमा ...

होक्काइडो, अक्टोबर १० (न्युज अन जापान) — जापानभर भालुको आक्रमण तीव्र रुपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०२५ मा भालुका आक्रमणबाट ज्यान गुमाउनेको संख्या सन् २०२३ को रेकर्ड स्तरमा पुगेको छ।
 
जापानको वातावरण मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार:
 
२०२३: २१९ पीडित, ६ जनाको मृत्यु
 
२०२४: ८५ पीडित, ३ जनाको मृत्यु
 
२०२५ (अक्टोबरसम्म): १०९ पीडित, ६ जनाको मृत्यु
 
यस वर्षको पहिलो छ महिनामै ...
टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानको वार्षिक प्रान्तीय आकर्षण (लोकप्रियता) सूचकाङ्कमा साइतामा प्रान्त पहिलोपटक अन्तिम स्थानमा पुगेको छ। यो नतिजा स्थानिय व्यवसायीहरूका लागि समेत आश्चर्यको विषय बनेको छ।
 
१७औं संस्करणमा पुगेको यो सर्वेक्षणमा २०२५ को सूची अनुसार होक्काइडो फेरि एक पटक सबैभन्दा आकर्षक प्रान्त घोषित भएको छ — सूचकाङ्क सुरु भएदेखि अहिलेसम्म लगातार शीर्ष ...

टोकियो, जापान — ह्योगो प्रान्तीय प्रहरीका दुई प्रहरी अधिकृत गाँजासहित पक्राउ परेका छन्। उनीहरूले उक्त लागूपदार्थ आफ्नै प्रयोगको लागि राखेको स्वीकार गरेका छन्।

पक्राउ पर्नेमा अकाशी प्रहरी चौकीमा कार्यरत एक गस्ती प्रहरी र फुकिआई प्रहरी चौकीका एक सर्जन्ट रहेका छन्। दुवैजनाले गत अक्टोबर महिनामा आफ्ना-आफ्नै घरमा गाँजा राखेको आरोप लागेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार प्रहरीले गस्ती प्रहरी काटोलाई ...