मुख्य समाचार
कार दुर्घटनामा परी गम्भीर घाइते भएका इक्‍वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन
कार दुर्घटनामा परी गम्भीर घाइते भएका इक्‍वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन

। कार दुर्घटनामा परी गम्भीर घाइते भएका इक्‍वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ ।

२२ वर्षीय एङ्गुलोको उपचारका क्रममा बुधबार निधन भएको इक्‍वेडर फुटबल फेडेरेसनले एक विज्ञप्तिमार्फत जनाएको छ ।


‘मार्को एक उत्कृष्ट खेलाडी मात्र नभएर एक उत्कृष्ट साथी पनि थिए, हाम्रो फुटबल महासंघ एङ्गुलोको मृत्युमा गहिरो सहानुभूति व्यक्त गर्दछ’, विज्ञप्तिलाई उद्धृत गर्दै स्थानीय मिडियाहरुले लेखेका छन् ।

उमेर समूहको टोलीमा २०१९ देखि खेल्न थालेका उनले सन् २०२२ मा सिनियर राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट ९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।


यसबाहेक २०२० देखि क्लबमा आबद्ध उनी २०२३ मा लियोनल मेस्सी खेलिरहेको लिग मेजर लिग सकरकै क्लब सिनसिनाटी एफसीबाट खेलेका थिए भने यसै वर्ष इक्‍वेडरकै क्लब एलडियू क्‍विटोमा लोनमा अनुबन्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...