मुख्य समाचार
जापानको प्रधानमन्त्रीमा इसिबा पुन: निर्वाचित
जापानको प्रधानमन्त्रीमा इसिबा पुन: निर्वाचित

— जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्‌मा बहुमत प्राप्त गरेका छन् । संसद्‌मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गरेका हुन् ।

प्रधानमन्त्रीको मतदानका लागि बाटो खोल्न इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्‌मा मतदान भएको हो ।

गत अक्टुबरमा भएको मतदानमा इसिबाले पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्‌मा बहुमत गुमाएको थियो । ४ सय ६५ सदस्यीय संसद्‌मा एलडीपी–कोमेटो गठबन्धन २ सय १५ सिटमा खुम्चिएको थियो । तर कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्‌मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विषेश अधिवेशनबाट उनी प्रधानमन्त्रीमा चयन भएका हुन् ।

अब उनले आफ्नो पार्टीभित्रको शत्रुतासँगै देशको आर्थिक संकट व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको छ । अल्पमतको सरकारको नेतृत्वकर्ताका रुपमा उनले कुनै पनि कानुन वा बजेट पारित गर्नका लागि विपक्षी गुटको मागलाई ध्यान दिनु पर्ने चुनौतीको सामना गर्नुपर्ने भएको छ ।

पूर्वरक्षामन्त्री इसिबाले किसिदा र जापानको सबैभन्दा लामो समय सेवा गर्ने नेता सिन्जो आबेलगायत आफ्नो पार्टीका नेताहरूको खुलेर आलोचना गरेपछि जापानको राजनीतिमा चर्चामा आएका थिए । एलडीपी उम्मेदवारहरूबीचको कडा प्रतिस्पर्धापछि इसिबा अक्टुबर १ मा जापानको सत्तारुढ दलको नेता चयन भएका थिए । कार्यभार सम्हालेको केही दिनपछि उनले चुनाव घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु

टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानकी नयाँ प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टी (LDP) की अध्यक्ष ताकाइचीले आफ्नो कार्यकालको पहिलो ठूलो कूटनीतिक परीक्षा सामना गर्न लागेकी छन्। उनी अक्टोबर २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो शिखर बैठक गर्ने तयारीमा छन्। यस भेटका क्रममा ट्रम्पले जापानसँग रक्षा खर्च सकल गार्हस्थ उत्पादन (GDP) को ३.५% ...

ओसाका, अक्टोबर १० (न्युज अन जापान) — ओसाकाको नाकानोशिमा क्षेत्रमा अक्टोबर १० बाट एक अनौठो अनुभव सुरु भएको छ — “स्काई रेस्टुरेन्ट”, जहाँ पाहुनाहरूलाई जमिनबाट ४० मिटर माथि झुन्डिएर खाना र पेय पदार्थको मजा लिन मिल्नेछ। यो रेस्टुरेन्ट अनुभव जापानको कान्साई क्षेत्रमा पहिलोपटक ल्याइएको हो, जुन यसअघि बेलायत, फ्रान्स, जर्मनी, चीनसहित ६५ भन्दा बढी देशहरूमा ...

होक्काइडो, अक्टोबर १० (न्युज अन जापान) — जापानभर भालुको आक्रमण तीव्र रुपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०२५ मा भालुका आक्रमणबाट ज्यान गुमाउनेको संख्या सन् २०२३ को रेकर्ड स्तरमा पुगेको छ।
 
जापानको वातावरण मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार:
 
२०२३: २१९ पीडित, ६ जनाको मृत्यु
 
२०२४: ८५ पीडित, ३ जनाको मृत्यु
 
२०२५ (अक्टोबरसम्म): १०९ पीडित, ६ जनाको मृत्यु
 
यस वर्षको पहिलो छ महिनामै ...
टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानको वार्षिक प्रान्तीय आकर्षण (लोकप्रियता) सूचकाङ्कमा साइतामा प्रान्त पहिलोपटक अन्तिम स्थानमा पुगेको छ। यो नतिजा स्थानिय व्यवसायीहरूका लागि समेत आश्चर्यको विषय बनेको छ।
 
१७औं संस्करणमा पुगेको यो सर्वेक्षणमा २०२५ को सूची अनुसार होक्काइडो फेरि एक पटक सबैभन्दा आकर्षक प्रान्त घोषित भएको छ — सूचकाङ्क सुरु भएदेखि अहिलेसम्म लगातार शीर्ष ...

टोकियो, जापान — ह्योगो प्रान्तीय प्रहरीका दुई प्रहरी अधिकृत गाँजासहित पक्राउ परेका छन्। उनीहरूले उक्त लागूपदार्थ आफ्नै प्रयोगको लागि राखेको स्वीकार गरेका छन्।

पक्राउ पर्नेमा अकाशी प्रहरी चौकीमा कार्यरत एक गस्ती प्रहरी र फुकिआई प्रहरी चौकीका एक सर्जन्ट रहेका छन्। दुवैजनाले गत अक्टोबर महिनामा आफ्ना-आफ्नै घरमा गाँजा राखेको आरोप लागेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार प्रहरीले गस्ती प्रहरी काटोलाई ...