मुख्य समाचार
नेपाल (ने-पप), दक्षिण कोरिया (के-पप) र जापान (जे-पप)का कलाकारले काठमाडौंमा एकसाथ प्रस्तुति दिने
नेपाल (ने-पप), दक्षिण कोरिया (के-पप) र जापान (जे-पप)का कलाकारले काठमाडौंमा एकसाथ प्रस्तुति दिने

। पुस ५ र ६ गते हायात होटलमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । दिउँसो १ बजेदेखि राति १० बजेसम्म कार्यक्रममा नेपाल (ने-पप), दक्षिण कोरिया (के-पप) र जापान (जे-पप)का कलाकारले प्रस्तुति दिने जनाइएको छ ।

तीन मुलुकको पप संस्कृतिका कलाकारले एकसाथ प्रस्तुति दिन लागेको यो पहिलो अवसर हो । दक्षिण कोरियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा टुर आयोजना हुन लागेको हो ।


यसबाहेक अन्य कार्यक्रम पनि आयोजना भइरहेका छन् । उक्त अवसरमा जापान र दक्षिण कोरियाली कलाकारसँग नेपाली कलाकारले एकअर्काको मुलुकको संस्कृतिक झल्किने प्रस्तुति पनि दिने जनाइएको छ ।

कार्यक्रममा चर्चित नेपाली ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुति दिनेछन् । केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका ब्यान्डले प्रस्तुति दिनेछन् । एओनियो मामी, हान सेह्युनले पनि प्रस्तुति दिने तयारी छ ।


ग्रान्ड च्यारिटी नेपालले टुर आयोजना गर्न लागेको हो । दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारको प्रस्तुतिबाट नयाँ अनुभव ग्रहण गर्न सक्ने आयोजकको अपेक्षा छ । यसका लागि टिकट बिक्री खुला भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...