मुख्य समाचार
अमेरिकी पर्यावरण दूतले भने : ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु निराशाजनक
अमेरिकी पर्यावरण दूतले भने : ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु निराशाजनक

। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ‘वातावरण दूत’ जोन पोडेस्टाले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुनु जलवायु परिवर्तनसम्बन्धी कदम चाल्न चाहनेहरूका लागि ‘धेरै निराशाजनक’ भएको टिप्पणी गरेका छन्।

जलवायु परिवर्तनका विषयमा अजरबैजानको राजधानी बाकुमा जारी कोप–२९ बैठकको पहिलो दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।


‘आउँदा दिनमा हामी एक यस्तो राष्ट्रपतिलाई सत्तामा देख्न गइरहेका छौं जसको जलवायु परिवर्तनसँगको सम्बन्ध ‘ठग’ जस्ता शब्दहरूबाट परिभाषित छ’ उनले भने, ‘उनले वातावरण संरक्षणका लागि चालेका हाम्रा कदमहरूलाई अन्त्य गर्दै अमेरिकालाई फेरि पेरिस सम्झौताबाट फिर्ता गर्न खोजिरहेका छन् ।’

अजरबैजानमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको बैठक विश्वमा बढ्दो तापक्रमको रफ्तारलाई कसरी कम गर्ने भन्ने विषयमा केन्द्रीत छ ।

कोप-२९ को मुख्य उद्देश्य वातावरणमा हानी पुर्‍याउने ग्यासहरुको उत्सर्जन रोक्न कम विकसित देशहरूलाई कसरी थप पैसा जुटाउन सहयोग गर्ने भन्ने विषयमा रहेको छ । साथै जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हुने क्षतिसँग जुध्नका लागि पनि मद्दत पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम