मुख्य समाचार
चीनका कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने ट्रम्पको निर्णय
चीनका कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने ट्रम्पको निर्णय

। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त गर्ने निर्णय गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले चीनको कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने जानकारी आफू निकटकालाई दिएका हुन् ।


वाल्ट्ज फ्लोरिडाका जनप्रतिनिधि हुन् । उनी सेवानिवृत्त सैनिक अधिकृत हुन् । एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिको उनले खुलेर आलोचना गर्ने गर्दछन् ।

समाचार एजेन्सी एपीका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार शक्तिशाली र महत्वपूर्ण पद हो तर यसमा नियुक्तिका लागि सिनेटको मन्जुरी आवश्यकता पर्दैन ।

माइक वाल्ट्ज को हुन् ?

माइक वाल्ट्ज एक अमेरिकी राजनीतिज्ञ, सेवानिवृत्त सैनिक र लेखक हुन् । रिपब्लिकन पार्टीका सदस्य उनी राष्ट्रिय सुरक्षा मामिलामा अनुभवी मानिन्छन् । उनीसँग अमेरिकी रक्षा नीति, आतंकवाद विरोधी रणनीति र विदेशी सम्बन्धबारे राम्रो अनुभव रहेको रोयटर्सले जनाएको छ ।

वाल्ट्जसँग अमेरिकी सेनामा विशेष फोर्सको रूपमा सेवा गरेको अनुभव छ । उनी अफगानिस्तानमा समेत तैनाथ भएका थिए ।

यसै वर्ष उनले लेखेको पुस्तक ‘Hard Truths: Think and Lead Like a Green Beret’ सार्वजनिक भएको छ । त्यसमा उनका सैन्य र कूटनीतिक अनुभवहरू समेटिएका छन् । सो पुस्तकमा उनले चीनलाई अमेरिकी सुरक्षा र अन्तर्राष्ट्रिय स्थिरताका लागि मुख्य चुनौतिको रुपमा व्याख्या गरेका छन् ।

उनको विचारमा चीनले प्रविधि, साइबरस्पेस र आर्थिक रणनीतिमार्फत् अमेरिका र अरु देशहरुमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ । चीनको बढ्दो प्रभाव रोक्नका लागि उनले पाँच भागका रणनीतिबारे पनि उल्लेख गरेका छन् । ती रणनीतिहरुमा ताइवानलाई हतियार उपलब्ध गराउनुपर्ने, प्रशान्त क्षेत्रका देशहरुलाई अमेरिकी सहयोगप्रति आश्वस्त बनाउनुपर्ने, विमान तथा पानीजहाजको आधुनिकीकरण गर्नुपर्ने लगायत विषय उल्लेख छन् ।

ट्रम्पले थप दुई पदमा पनि महत्वपूर्ण नियुक्ति गरेका छन् । बीबीसीका अनुसार ६२ वर्षीय टोम होमन सीमा प्रमुखमा नियुक्त भएका छन् । होमन ट्रम्पको पहिलो कार्यकालमा इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट विभागको कार्यकारी निर्देशक थिए ।

यसैगरी न्यूयोर्ककी ४० वर्षीया एलिस स्टेफेनिकलाई ट्रम्पले संयुक्त राष्ट्रसंघको राजदूत नियुक्त गरेको न्यूयोर्क पोष्टले जनाएको छ । एलिस स्टेफेनिक सन् २०१४ मा रिपब्लिकन पार्टीबाट कान्छी सांसद चुनिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम