मुख्य समाचार
अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय क्रिकेट श्रृंखला जिते
अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय क्रिकेट श्रृंखला जिते

। अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ । यूएईको शारजाहमा सोमबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा ५ विकेटले विजयी भएसँगै अफगानिस्तानले श्रृ‌ंखला २-१ ले जितेको हो ।

बङ्गलादेशले दिएको २४५ रनको लक्ष्य अफगानिस्तानले १० बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । अफगानिस्तानका ‌ओपनर रहमुनल्लाह गुरबाजले १२० बलमा ५ चौका र ७ छक्काको मद्दतले सर्वाधिक १०१ रनको शतकीय पारी खेले । त्यस्तै अजमतुल्लाह ओमरजाइ ७० रन र मोहम्मद नाबी ३४ रनमा अविजित रहे ।

बङ्गलादेशका नहिद राना र मुस्तफिजुर रहमानले २-२ विकेट लिँदा मेहदी हसन मिराजले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो । महमदुल्लाहले सर्वाधिक ९८ रन बनाए भने कप्तान मेहदी हसन मिराजले ६६ रन बनाए ।

अफगानिस्तानका लागि अजमतुल्लाहले ७ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । नाबी र राशिद खानले १-१ विकेट हात पारे ।

यसअघि पहिलो खेलमा अफगानिस्तान तथा दोस्रो खेलमा बङ्गलादेश विजयी भएको थियो । अफगानिस्तानले गत सेप्टम्बरमा दक्षिण अफ्रिकासँगको एकदिवसीय श्रृंखला पनि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...