मुख्य समाचार
एनपीएलका फ्रेन्चाइज टिमलाई २४ सै घन्टा निगारीमा राखिने
एनपीएलका फ्रेन्चाइज टिमलाई २४ सै घन्टा निगारीमा राखिने

: नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्र रूपले अघि बढिरहेको बताएका छन्। एनपीएलका सन्भर्दमा सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको सबै तयारी तीव्ररूपले अघि बढिरहेको बताए।



लिगलाई भव्य बनाउनका लागि क्यानले लामो समयदेखि गरेको तयारी अहिलेको अवस्थासँग आइपुग्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए। खड्काले फ्रेन्चाइज लिगका लागि चुनौतीको रूपमा रहेका पूर्वाधारको तयारी पनि अघि बढिरहेको बताए। खेल र खेलाडीको विकाससँगै क्रिकेटमा आकर्षण बनाउन लागि पनि लिग महत्त्वपूर्ण हुने उनको भनाइ छ।

उनले अब हुने पहिलो संस्करणमा फ्लड लाइटमा गर्न नसकेपछि दोस्रो संस्करण फ्लड लाइटमा गर्ने इच्छा रहेको बताए। सचिव खड्काले एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको २४ घण्टा नै निगरानी हुने बताए। कुनै किसिमको 'फिक्सिङ' हुन नदिन लिग अवधिभर एन्टीकरप्शन टीम सक्रिय रहने उनको भनाइ छ। एनपीएल आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...