मुख्य समाचार
पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) खेल मात्र नभएर एउटा खेल संस्कार बसाउने प्रयास
पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) खेल मात्र नभएर एउटा खेल संस्कार बसाउने प्रयास

। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) खेल मात्र नभएर एउटा खेल संस्कार बसाउने प्रयास पनि रहेको बताएका छन् ।

एनपीएलको विषयमा सोमबार क्यानले आयोजना गरेको ‘मिडिया इन्टर्‍याक्सन प्रोग्राम’मा पारसले खेल संस्कर अघि बढाउने विचारका साथ अघि बढेको बताए । ‘अहिले हामीले गर्न लागेको लिग प्रतियोगिता मात्र नभएर देशमै खेल संस्कार बसाल्नुपर्छ भन्ने सोचर अघिबढेका छौँ ।‘ एनपीएल गभर्निङ काउन्सिको संयोजक समेत रहेका खड्काले भने ।

गभर्निङ काउन्सिलमा क्यान कोषाध्यक्ष पदम बहादुर खड्का र क्यान सदस्य सुदिप शर्मा सदस्य छन् ।

पहिलेको प्रेन्चाइज लिगहरु आयोजना हुने त्यसपछि सकिने गरेको भन्दै पारसले यसपटक फ्रेन्चाइज लिग मार्फत दिर्घकालिन रुपमा सबैलाई समेट्ने गरी अघि बड्ने योजना रहेको बताए ।


‘अहिले जुन नामहरु आएका छन् । कर्णाली याक्स, काठमाडौंगुर्खाज, विराटनगर किंग्स देखि सुदूरपश्चिम रोएल्ससम्म छन् । भविष्यमा हाम्रो चाहना के हो भने पहिले लिग हुनुथ्यो । एउटाले जित्थ्यो । हार्थ्यो । दर्शक आउँथ्यो । म्याच सकिन्थ्यो,’ उनले भने, ‘अहिले हामीले के गरेका छौँ भने क्यान अन्तर्गत रहेको जिल्ला र प्रदेशलाई संघसँग त्यो ठाउँको फ्रेन्चाइजलाई जोड्ने प्रयास गरेका छौँ । एनपीएलमा आबद्ध सम्पूर्ण फ्रेन्चाइजलाई आ-आफ्नो एकेडेमी स्थापना गर्ने अधिकार पनि छ ।’

एनपीएल सुरु नहुँदै यसमा ५० करोड भन्दा माथि लगानी देखिसकेको छ भने यसमा अझ बढ्न सक्ने छ । यस्तोमा हरेक फ्रेन्चाइजले ५ करोड भन्दा बढीको खर्च गर्दैछ । ।

उनले भने,’ हरेक फ्रेन्चाइजले ५ करोड भन्दा बढीको खर्च गर्दैछ । तर त्यसको प्रतिफल तत्काल आउदैन । यसलाई दिगो रुपमा अघि बढाउने र ३-४ वर्षपछि मात्र फ्रेन्चाइजलाई आर्थिक लाभ हुँदैन भनेर भनेका छौँ ।’

क्यानले पहिलो पटक यति ठूलो लगानी र धेरै टिम समावेश गरेर फ्रेन्चाइज लिग गर्न लागेको हो । मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडदंमा हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...