मुख्य समाचार
जनकपुरधामको प्रादेशिक अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रेर थन्कियो
जनकपुरधामको प्रादेशिक अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रेर थन्कियो

। जनकपुरधामको प्रादेशिक अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रेर थन्किएको छ ।

अस्पतालमा दैनिक आउने १० देखि १५ जना गम्भीर प्रकृतिका बिरामी सिटी स्क्यान गराउन निजी प्रयोगशालामा जान बाध्य छन् ।

करिब १० वर्षदेखि सञ्चालित फिलिप्स कम्पनीको सिटी स्क्यान मेसिन ६ महिनाअघि बिग्रेपछि मर्मत गरिएको छैन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद यादवका अनुसार वर्षाको पानी चुहिएर सिटी स्क्यान मेसिनको ट्युब खराब भएको छ । यसलाई मर्मत गर्न ९० लाख रुपैयाँ पर्ने उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा मधेश सरकारले सिटी स्क्यान मेसिन किन्न जनस्वास्थ्य आपूर्ति केन्द्रलाई बजेट दिएको छ । त्यसैले अस्पतालले पुरानो मेसिनलाई धेरै रकम खर्च गरेर बनाउनुभन्दा जनस्वास्थ्य आपर्ति केन्द्रले नै नयाँ मेसिन किनेर दिने प्रतिक्षामा थियो ।

यसकारण पनि बिग्रेको २/३ महिनासम्म बनाउने कि नबनाउने भनेर अलमल भएको रजिष्ट्रार यादवको भनाइ छ । तर खरिद गर्न लामो समय लाग्ने देखेपछि बिग्रेकै मेसिन बनाउन सुरु गरेको उनले बताए ।

सिटी स्क्यान मेसिन बिग्रिँएका बेला चिकित्सकले कमिसनको लोभमा बिरामीलाई आवश्यक नहुँदा पनि निजी प्रयोगशालामा सिटी स्क्यान गराउन बाध्य गराएको पाइएको एक चिकित्सकले बताए ।

निजी प्रयोगशालामा सिटी स्क्यान गरेको १० देखि २५ हजार रुपैयाँसम्म शुल्क लाग्छ । जुन प्रादेशिक अस्पतालमा ४ देखि १० हजार रुपैयाँमा हुने थियो ।

आफ्नो स्वास्थ्य उपकरण खरिद गर्न स्वास्थ्य आपूर्ति केन्द्रलाई बजेट दिएकामा अस्पतालका अधिकारीहरु असन्तुष्ट छन् । अस्पताललाई बजेट, जनशक्तिलगायतमा उपेक्षा गर्दा स्वास्थ्य सेवा प्रभावित भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
प्रहरी र व्यवसायीबीचको झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते
जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप
राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
सिंहदरबार किन जल्यो ? विमानस्थल कसरी बच्यो ? सेनाको १० बुँदे प्रष्टीकरण
जनस्वराज पार्टी दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश