मुख्य समाचार
म्यानचेष्टर सिटीले अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा ब्राइटनसँग २-१ ले पराजित
म्यानचेष्टर सिटीले अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा ब्राइटनसँग २-१ ले पराजित

। म्यानचेष्टर सिटीले अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा ब्राइटनसँग २-१ ले पराजित भएको छ ।

ब्राइटनको मैदानमा भएको खेलमा एर्लिङ हालान्डले २३औं मिनेटमा गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्तिम १२ मिनेटमा ब्राइटनले दुई गोल गर्‍यो । ब्राइटनका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका खेलाडीले गरेका थिए । ७८औं मिनेटमा जाण पेड्रोले ब्राइटनका लागि गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।


पेड्रोकै पासमा म्याट ओ’रिलेले गोल गर्द ब्राइटनलाई पुनरागमन जित दिलाए । प्रिमियर लिगमा सिटीको यो लगातार दोस्रो हार हो । यसअघि बर्नमाउथसँग सिटी पराजित भएको थियो । पछिल्लो समय सिटीले लय गुमाइरहेको छ । च्याम्पियन्स लिगमा पनि सिटी स्पोर्टिङसँग पराजित भएको थियो ।

जितपछि ब्राइटन ११ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक रहेको सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी घटाउने अवसर गुमायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...