मुख्य समाचार
म्यानचेष्टर सिटीले अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा ब्राइटनसँग २-१ ले पराजित
म्यानचेष्टर सिटीले अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा ब्राइटनसँग २-१ ले पराजित

। म्यानचेष्टर सिटीले अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा ब्राइटनसँग २-१ ले पराजित भएको छ ।

ब्राइटनको मैदानमा भएको खेलमा एर्लिङ हालान्डले २३औं मिनेटमा गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्तिम १२ मिनेटमा ब्राइटनले दुई गोल गर्‍यो । ब्राइटनका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका खेलाडीले गरेका थिए । ७८औं मिनेटमा जाण पेड्रोले ब्राइटनका लागि गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।


पेड्रोकै पासमा म्याट ओ’रिलेले गोल गर्द ब्राइटनलाई पुनरागमन जित दिलाए । प्रिमियर लिगमा सिटीको यो लगातार दोस्रो हार हो । यसअघि बर्नमाउथसँग सिटी पराजित भएको थियो । पछिल्लो समय सिटीले लय गुमाइरहेको छ । च्याम्पियन्स लिगमा पनि सिटी स्पोर्टिङसँग पराजित भएको थियो ।

जितपछि ब्राइटन ११ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक रहेको सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी घटाउने अवसर गुमायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...