मुख्य समाचार
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक निक्की हेली र माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा समावेश नगर्ने
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक निक्की हेली र माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा समावेश नगर्ने

। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक निक्की हेली र माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा समावेश नगर्ने बताएका छन् ।

नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेका ट्रम्पले उनीहरूले पहिले गरेको कामका लागि धन्यवाद दिँदै अबको मन्त्रीमण्डलमा भने समावेश नगर्ने बताएका हुन् ।


साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेली यस वर्षको सुरुवातमा रिपब्लिकन पार्टीका राष्ट्रपति पदका दावेदारहरूमध्ये ट्रम्पको सबैभन्दा बलियो प्रतिद्वन्द्वी थिइन् । उनले ट्रम्पको आलोचना गर्दै ‘क्रेजी’ भनेको कुरा समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमा चर्चा पाएको थियो ।

माइक पोम्पेओ ट्रम्प पहिलोपटक राष्ट्रपति बन्दा विदेशमन्त्री थिए । पोम्पेओमाथि पर्दा पछाडि बसेर विशेष समूहहरूको स्वार्थका लागि काम गर्ने प्रतिनिधि भएको आरोप लाग्ने गरेको छ ।



ट्रम्पनिकट सहयोगीहरूले निक्की र माइकलाई ट्रम्पविरुद्ध काम गरेको आरोप लगाउँदै उनीहरुले ट्रम्पको ‘अमेरिका फर्स्ट’ भन्ने एजेन्डालाई कमजोर पार्न सक्ने बताउँदै आएका छन् । त्यसैले ट्रम्प उनीहरूलाई मन्त्रीमण्डलमा नसमेट्ने निष्कर्षमा पुगेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म विगतमा उनीहरूसँग काम गर्दा प्रसन्न भएँ र त्यसको प्रशंसा गर्छु र उनीहरूलाई हाम्रो देशको सेवा गरेकोमा धन्यवाद दिन चाहन्छु ।’

ट्रम्पले २० जनवरीमा राष्ट्रपति पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...