मुख्य समाचार
पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्समा अनुबन्ध
पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्समा अनुबन्ध

। पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । जनकपुरले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ३७ वर्षीय मक्सुदलाई पाँचौ विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

जनकपुरले यसअघि नै न्युजिल्याण्डका जिम्मी निसम, अमेरिकाका जोसुअ ट्रोम्स, पाकिस्तानकै मोहमद मोहसिन र श्रीलंकन ओरिजनका अमेरिकी खेलाडी लहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ ।

एनपीएलमा एउटा टिमले चार जनासम्म विदेशी खेलाडी खेलाउन पाउने भएपनि खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ ।

मक्सुदले पाकिस्तानका लागि २९ ओडिआई र २६ टी-२० आई खेल खेलेका छन् । उनले टी२० आईमा २७३ रन बनाउनुका साथै १२ विकेट लिएका छन् ।


मक्सुदले पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेड, मुल्तान सुल्तान, लाहोर कलन्दर्स र पेसार जाल्मी गरी चार टोलीबाट खेलिसकेका छन् । उनले पछिल्लो पटक पाकिस्तानका लागि २०२१ अगष्टमा वेष्ट इन्डिज विरुद्ध अन्तिम टी२०आई खेलेका थिए ।

मक्सुद सन् २०२१ को टी-२० विश्वकपका लागि पाकिस्तानी टिममा समावेश थिए तर चोटका कारण उनी टिमबाट बाहिरिएका थिए ।

राष्ट्रिय टिमका विकेटकिपर ब्याटर बसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके छन् ।

क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...