मुख्य समाचार
खराब ब्याटिङबाट गुज्रिएको अस्ट्रेलियाले पाकिस्तानसँगको घरेलु एकदिवसीय श्रृंखलामा हार
खराब ब्याटिङबाट गुज्रिएको अस्ट्रेलियाले पाकिस्तानसँगको घरेलु एकदिवसीय श्रृंखलामा हार

। खराब ब्याटिङबाट गुज्रिएको अस्ट्रेलियाले पाकिस्तानसँगको घरेलु एकदिवसीय श्रृंखलामा हार व्यहोरेको छ । आइतबार भएको तेस्रो एकदिवसीय खेलमा पाकिस्तान ८ विकेटले विजयी भएसँगै अस्ट्रेलियाले श्रृंखला २-१ ले गुमाएको हो ।

अस्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य पाकिस्तानले २६ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका लागि ओपनर सैम अयुबले सर्वाधिक ४२ रनको इनिङ खेले भने अर्का ओपनर अबदुल्लाह शफिकले ३७ रन बनाए । कप्तान मोहम्मद रिजवान ३० तथा बाबर आजम २८ रनमा अविजित रहे । अस्ट्रेलियाका लागि दुवै विकेट लान्स मोरिसले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३१.५ ‌‌ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो । उसका लागि शन एबटले सर्वाधिक ३० रन बनाएका थिए भने ओपनर म्याथिउ शर्टले २२ रन बनाए । एडम जाम्पाले १३ रन जोड्दा स्पेन्सर जोनसोन १२ रनमा अविजित रहे ।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले ८.५ ओभरमा ३२ रन दिएर ३ विकेट लिए भने नसीम साहले ९ ओभरमा ५४ रन दिएर ३ विकेट लिए । हारिस राउफले २ तथा मोहमद हसनैनले १ विकेट लिए ।


यसअघि पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले हराएको थियो भने दोस्रो खेलमा पाकिस्तानले ९ विकेटको सहज जित निकालेको थियो । दुई टोलीबीच अब तीन खेलको टी-२० श्रृंखला पनि हुने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...