मुख्य समाचार
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित

। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा अलआउट भयो । थाइल्याण्डका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


थाइल्याण्डलाई सस्तैमा अलआउट गर्न नेपालका कुसुम गोदारले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिइन् भने रचनाकुमारी चौधरीले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । रिया शर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् भने कप्तान पूजा महतोले ४ ओभरमा २ मेडन राख्दै २ रन मात्र खर्चेर १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेलिन्।


त्यस्तै अर्का ‍ओपनर साबित्री धामीले २८ रन बनाइन् । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै समय १३ औं ओभरमा ८८-० को अवस्थामा रहेको नेपालले त्यसपछि लगातार रुपमा विकेट गुमाउँदै ५१ रन जोड्दा ९ विकेट गुमायो ।

थाइल्याण्डका लागि नथारिका ठोकोइले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिइन् । त्यस्तै केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिइन् ।

नेपालले यसअघि भएको पहिलो खेलमा पनि थाइल्याण्डलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराउँदा तेस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...