मुख्य समाचार
साउदीमा इस्लामिक राष्ट्रका प्रमुखहरु भेला, के हो उद्देश्य ?
साउदीमा इस्लामिक राष्ट्रका प्रमुखहरु भेला, के हो उद्देश्य ?

। अरब र मुस्लिम राष्ट्रका नेता सोमबार साउदी अरेबियाको राजधानी रियादमा भेला भएका छन् । यो सम्मेलन गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित रहने साउदी अरेबियाको सरकारी मिडिया एजेन्सी वाफाले जनाएको छ।

वाफालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘इजरायली आक्रमण सहित प्यालेस्टाइन र लेबनानी क्षेत्रमा बढ्दो हिंसाले अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न बाध्य बनाएको छ, त्यसकारण सम्मेलनको आयोजना गरिएको हो ।’




प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्न, आम जनताको सुरक्षा र यस क्षेत्रमा शान्ति र स्थिरता स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिनु यस सम्मेलनको मुख्य प्राथमिकता रहेको बताइएको छ।

रियादमा हुन लागेको सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि साउदी अरब पुगेका छन् । उनले एक्समा लेखेका छन्, ‘म रियाद पुगेको छु जहाँ गाजाको बिग्रँदै गएको अवस्थाबारे छलफल गर्न र प्यालेस्टिनीहरूको अधिकारका लागि आवाज उठाउन संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गरिएको छ ।’

कार्यक्रममा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार पनि सहभागी हुने तय छ ।

काहिरोस्थित अरब लिग र जेद्दास्थित इस्लामिक सहयोग संगठन (ओआईसी) को रियादमा यस्तै भेला भएको एक वर्षपछि अहिले यो सम्मेलन आयोजना हुन लागेको हो ।

इस्लामिक नेताहरूले गाजामा भइरहेको इजरायली गतिविधिलाई ‘बर्बर’ भनी निन्दा समेत गरेका छन् ।

सम्मेलनमा डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकाल सुरु हुन लागेको बारेमा पनि चर्चा हुने उल्लेख गर्दै वरिष्ठ खाडी विश्लेषक अन्ना जेकब्स एजेन्सीसँगको कुराकानीमा भनेकी छिन्, ‘यो सम्मेलन आगामी ट्रम्प प्रशासनबाट उनीहरूले अमेरिकी संलग्नताको सन्दर्भमा के चाहन्छन् भनेर संकेत गर्ने अवसर समेत हुन सक्छ।’

सन् २०२३ को अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । आक्रमणमा परी हालसम्म ४३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...