मुख्य समाचार
साउदीमा इस्लामिक राष्ट्रका प्रमुखहरु भेला, के हो उद्देश्य ?
साउदीमा इस्लामिक राष्ट्रका प्रमुखहरु भेला, के हो उद्देश्य ?

। अरब र मुस्लिम राष्ट्रका नेता सोमबार साउदी अरेबियाको राजधानी रियादमा भेला भएका छन् । यो सम्मेलन गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित रहने साउदी अरेबियाको सरकारी मिडिया एजेन्सी वाफाले जनाएको छ।

वाफालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘इजरायली आक्रमण सहित प्यालेस्टाइन र लेबनानी क्षेत्रमा बढ्दो हिंसाले अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न बाध्य बनाएको छ, त्यसकारण सम्मेलनको आयोजना गरिएको हो ।’




प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्न, आम जनताको सुरक्षा र यस क्षेत्रमा शान्ति र स्थिरता स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिनु यस सम्मेलनको मुख्य प्राथमिकता रहेको बताइएको छ।

रियादमा हुन लागेको सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि साउदी अरब पुगेका छन् । उनले एक्समा लेखेका छन्, ‘म रियाद पुगेको छु जहाँ गाजाको बिग्रँदै गएको अवस्थाबारे छलफल गर्न र प्यालेस्टिनीहरूको अधिकारका लागि आवाज उठाउन संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गरिएको छ ।’

कार्यक्रममा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार पनि सहभागी हुने तय छ ।

काहिरोस्थित अरब लिग र जेद्दास्थित इस्लामिक सहयोग संगठन (ओआईसी) को रियादमा यस्तै भेला भएको एक वर्षपछि अहिले यो सम्मेलन आयोजना हुन लागेको हो ।

इस्लामिक नेताहरूले गाजामा भइरहेको इजरायली गतिविधिलाई ‘बर्बर’ भनी निन्दा समेत गरेका छन् ।

सम्मेलनमा डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकाल सुरु हुन लागेको बारेमा पनि चर्चा हुने उल्लेख गर्दै वरिष्ठ खाडी विश्लेषक अन्ना जेकब्स एजेन्सीसँगको कुराकानीमा भनेकी छिन्, ‘यो सम्मेलन आगामी ट्रम्प प्रशासनबाट उनीहरूले अमेरिकी संलग्नताको सन्दर्भमा के चाहन्छन् भनेर संकेत गर्ने अवसर समेत हुन सक्छ।’

सन् २०२३ को अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । आक्रमणमा परी हालसम्म ४३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ । भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुनर्जन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो । साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका साथै धार्मिक अनुष्ठान एवं ऐतिहासिक ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने छ। ट्रम्पले सामाजिक सञ्जालमा यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क नलगाउने भनेका छन्। यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यो जुलाईको ...
: भारतको हिमाचल प्रदेशमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन्। हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता रहेको जनाएका छन्। डीसी राणाले भने, 'हिमाचल प्रदेशमा जुन १९ मा ...
संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौता
: दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस गरिएको छ। यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन्। बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन्। अधिकारीहरूले कतैबाट कुनै क्षतिको समाचार नआएको र ...