मुख्य समाचार
विश्व व्यापार संगठन (डब्लूटीओ) को महानिर्देशकमा हाल नेतृत्वमा रहेकी एनगोजी ओकोन्जो इवेला नै दोहोरिने
विश्व व्यापार संगठन (डब्लूटीओ) को महानिर्देशकमा हाल नेतृत्वमा रहेकी एनगोजी ओकोन्जो इवेला नै दोहोरिने

। विश्व व्यापार संगठन (डब्लूटीओ) को महानिर्देशकमा हाल नेतृत्वमा रहेकी एनगोजी ओकोन्जो इवेला नै दोहोरिने भएकी छन् ।

विश्व व्यापारको सर्वोच्च संस्थाको आगामी नेतृत्व छनोटका लागि आवेदन माग गरिएकोमा निर्धारित अवधि ८ नोभेम्बरसम्म ओकोन्जो इवेलाको मात्रै आवेदन परेको डब्लूटीओको जनरल काउन्सिलका अध्यक्ष तथा नर्वेका राजदूत पिटर ओल्बर्गले जानकारी गराएका छन् ।

महानिर्देशक नियुक्तिको आगामी प्रक्रियाबारे जानकारी दिँदै जाने राजदूत ओल्बर्गले जनाएका छन् ।

निर्धारित समयसम्म आवेदन दिने उम्मेदवारहरूले बाँकी तीन महिना सदस्य मुलुकहरूसँग आफ्नो योग्यताबारे छलफल गर्ने समय पाउने डब्लूटीओको महानिर्देशक छनोट प्रक्रियामा उल्लेख छ । त्यसको दुई महिनापछि जनरल काउन्सिलले नयाँ महानिर्देशक छनोट गर्नेछ । सो पदमा यसपटक ओकोन्जोको एकल आवेदन परेकाले उनी नै सो पदमा दोहोरिने सम्भावना छ ।

उनको अहिलेको कार्यकाल अर्को वर्ष ३१ अगस्त २०२५ मा सकिँदै छ । सन् २०२१ मा सो पदमा नियुक्त भएकी उनी डब्लूटीओको इतिहासमा पहिलो महिला प्रमुख र पहिलो अफ्रिकन प्रमुख हुन् । नाइजेरियाकी अर्थशास्त्री उनले सन् २०१२ मा विश्व बैंकको अध्यक्षमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...