मुख्य समाचार
५० वर्षपछि ‘बिटल्स’का दुई गीत यसवर्षको ग्रामी अवार्डमा मनोनयन
५० वर्षपछि ‘बिटल्स’का दुई गीत यसवर्षको ग्रामी अवार्डमा मनोनयन

। ब्यान्ड विभाजन भएको ५० वर्षपछि ‘बिटल्स’का दुई गीत यसवर्षको ग्रामी अवार्डमा मनोनयन भएका छन् । ब्यान्डको अन्तिम गीत ‘नाउ एन्ड देन’लाई गतवर्ष कृत्रिम बौद्धिकता (एआई)को मद्दतमा पुनःस्थापना गरिएको थियो ।

यो गीत यसवर्ष ग्रामीको महत्वपूर्ण विधा ‘रेकर्ड अफ द इयर’का लागि मनोनित भएको छ । यो विधामा बियोन्से, चार्ली एक्ससीएक्स, बिली इलिश र टेलर स्विफ्टका गीत पनि मनोनित छन् ।


यो गीत उत्कृष्ट रक प्रदर्शनको लागि पनि मनोनित भएको छ, जहाँ यसले ग्रीन डे, पर्ल जाम, र ब्ल्याक कीजसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०२३ मा रिलिज भएको यो गीतलाई सन् १९७० को दशकमा जोन लेनोनले गाएका पुराना गीत बटुलेर डेमो रेकर्ड गरिएको थियो ।

‘नाउ एण्ड देन’ त्यो समय कहिल्यै रिलिज हुन सकेन किनभने त्यतिबेलाको प्रविधिले गायक लेनोनको आवाज र पियानोको आवाजलाई स्पष्टरुपमा छुट्याउन सकेन ।


सन् २०२१ मा फिल्म निर्माता पिटर ज्याक्सन र उनको ध्वनि टोलीले मेसिन लर्निङ टेक्नोलोजीको साथलाई उपकरण र आवाजलाई अलग गर्न सक्षमता प्राप्त गरे । त्यसपछि पल म्याकार्टनी र रिङ्गोले गीतलाई पुरा गर्न अनुमति प्रदान गरे ।

यद्यपि ‘नाउ एण्ड देन’ मेसिन लर्निङको मद्दतमा तयार भयो । यो अझै पनि एआई वरपरको ग्रामी नियमको सीमा भित्र पर्छ । ग्रामी अवार्ड फेब्रुअरी २ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...