मुख्य समाचार
बाइडेनले पहिले नै छाडेको भए राष्ट्रपतिको दौडमा अरु उम्मेद्वार हुन सक्थे : न्यान्‍सी पेलोसी
बाइडेनले पहिले नै छाडेको भए राष्ट्रपतिको दौडमा अरु उम्मेद्वार हुन सक्थे : न्यान्‍सी पेलोसी

। अमेरिकाको पूर्वसभामुख न्यान्सी पेलोसीले जो बाइडेनले ढिलो उम्मेदवारी फिर्ता लिंदा डेमोक्रेटिक पार्टीले चुनावमा पराजय व्यहोर्नुपरेको प्रतिक्रिया दिइन् ।

न्यूयोर्क टाइम्सका अनुसार डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी पेलोसीले बाइडेन पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्रेटिक पार्टीको लागि राम्रो अवस्था हुने बताएकी हुन् ।


‘यदि बाइडेनले पहिले नै छाडिदिएको भए राष्ट्रपतिको दौडमा अन्य उम्मेदवार हुनसक्थे,’ उनको एक पोडकास्ट अन्तर्वार्ता उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

‘पार्टीको राष्ट्रपतिको मनोनयनमा धेरै उम्मेद्वारहरू समावेश हुन्छन् जसले महिनौं प्रचार र मनोनयनका लागि बहस गर्छन्,’ पेलोसीले भनिन्, ‘तर जो बाइडेनले फेरि चुनाव लड्ने इच्छा व्यक्त गरेपछि पार्टीले अन्य उम्मेदवारबारे सोच्दै सोचेन ।’


बाइडेनले ट्रम्पसँगको पहिलो सार्वजनिक बहसपछि राष्ट्रपतिको दौडबाट बाहिरिने निर्णय गरेलगत्तै पार्टीले तुरुन्तै कमला ह्यारिसको नाममा सहमति जुटाएको पेलोसीले बताइन् ।

आफ्नो पोडकास्ट अन्तर्वार्तामा पेलोसीले राष्ट्रपति दौडबाट बाहिरिएलगत्तै ह्यारिसलाई समर्थन गर्ने बाइडेनको कदमको आलोचना पनि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...