मुख्य समाचार
प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडे
प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडे

। प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा आर्सनलले पहिले अग्रता लिएपनि कायम राख्न कसकेन ।


६०औं मिनेटमा गाब्रीएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रत दिलाएका थिए । तर, ७०औं मिनेटमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काए ।

त्यसअघि ३२औं मिनेटमै आर्सनलका काइ हाभार्टले गोल गरेपनि भिएआरले मान्यता नदिँदा अग्रता लिनबाट बन्चित भएको थियो ।


बराबरीपछि दुवैले १-१ अंक पाउका छन् । चेल्सी र आर्सनल दुवैको ११ खेलबाट समान १९ अंक भएको छ । तर गोल अन्तरका आधारमा चेल्सी अघि रहँदै तेस्रो स्थानमा उक्लेको छ । आर्नल चौथो स्थानमा छ ।

यस्तै कप्तान ब्रुनो फर्नान्डजेले म्यानचेष्टर युनाइटेडका लागि २५०औं खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हरायो । अन्तरिम प्रशिक्षक रुड भान निस्टोलरयको अन्तिम खेलमा युनाइटेडले जित निकालेको हो ।

अब युनाइटेडको प्रशिक्षण रुबेन अमोरिनले सम्हाल्नेछन् । निस्टोलरयको प्रशिक्षमा युनाइटेडले चार खेल खेल्दा ३ जित र १ बराबरी नतिजा निकालेको थियो ।

युनाइटेडका लागि ब्रुनोले १७औं मिनेटमा गोल गर्दखै अग्रता दिलाएका थिए । उनकै प्रहार भिक्टर क्रिस्टिएनसेनलाई लाग्दै गोल हादा आत्मघाती गोलमा गणना भयो ।

यस्तै ८२औं मिनेटमा ब्रुनोकै पासमा अलेजान्रो गार्नाचोले गोल गरे ।

जितपछि युनाइटेड ११ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ ।

यस्तै इप्स्विच टाउनले टोटनहमलाई २-१ ले पराजित गर्दै प्रिमियर लिगमा २२ वर्षपछि पहिलो जित हात पारेको छ । इप्स्विचलाई जित दिलाउन सामी एसमोडिक्स र लिएम डेलापले पहिलो हाफमा गोल गरे ।

टोटनहमका लागि दोस्रो हाफमा रोड्रिगो बेन्टानकुरले उक गोल फर्काए । पराजित टोटनहम ११ खेलबाट १६ अंकसहित १०औं स्थानमा छ ।

यस सिजन यसअघिका १० खेलमा ५ बराबरी र ५ हारको नतिजापछि इप्स्विचले पहिलो जित निकालेको हो । ११ खेलबा६ ८ अंक जोडेर इप्स्विच १७औं स्थानमा उक्लेको छ ।

अर्को खेलमा न्युकासल युनाइटेडले नटिङहम फरेस्टलाई ३-१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...