मुख्य समाचार
रियल म्याड्रिडले स्पेनी ला लिगामा ओसासुनालाई ४–० ले पराजित
रियल म्याड्रिडले स्पेनी ला लिगामा ओसासुनालाई ४–० ले पराजित

— भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले स्पेनी ला लिगामा ओसासुनालाई ४–० ले पराजित गरेको छ । यससँगै रियलले लगातार दुई हारको क्रमलाई पनि टुंग्याएको छ ।



तर रियलका लागि डिफेन्डर एडेर मिलिटाआको चोट भने चिन्ताको विषय हुनेछ । खेलका क्रममा मिलिटाओलाई घुँडाको गम्भीर चोट लागेको थियो । सान्टियागो बर्नाबाउमा प्राप्त यस जितले कालो एन्सेलोटीको टिममा आत्मविश्वास भने फर्कनेछ ।


यस जितमा भिनिसियस जुनियर बाहेक जुड बेलिङघमले पनि एक गोल गरे । यो नतिजापछि रियलको २७ अंक छ र दोस्रो स्थानमा छ । भिल्लारियल भने तेस्रो स्थानमा उक्लेको छ र उसको २४ अंक भएको छ ।

लयमा रहेको भिल्लारियलले अर्को खेलमा एलाभेसलाई डेर्पोटिभो एलाभेसलाई ३–० ले हरायो । यस्तै लेगानेसले सेभियामाथि १–० को जित रच्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...