मुख्य समाचार
मानव तस्करको जालोमा परेर विभिन्न देश हुँदै बुल्गेरिया पुगेका १८ नेपाली पक्राउ
मानव तस्करको जालोमा परेर विभिन्न देश हुँदै बुल्गेरिया पुगेका १८ नेपाली पक्राउ

— मानव तस्करको जालोमा परेर विभिन्न देश हुँदै बुल्गेरिया पुगेका १८ नेपाली पक्राउ परेका छन् । उनीहरूलाई तीन महिना अगाडि नै बुल्गेरिया प्रहरीले पक्राउ गरेको खुलेको छ । बुल्गेरियामा रहेका नेपालीलाई कन्सुलर सेवा दिँदै आएको जर्मनीस्थित नेपाली दूतावासका अनुसार बुल्गेरिया प्रवेशको आधिकारिक कागजात नभएपछि उनीहरू पक्राउ परेका हुन् ।



उनीहरूलाई यही साता डिपोर्ट (देश निकाला) गर्ने तयारी बुल्गेरिया सरकारले गरेको छ । हाल उनीहरूलाई बुल्गेरियाको राजधानी सोफियास्थित डिपोर्टेसन सेन्टरमा राखिएको छ । ‘एउटै डिपोर्टेसन सेन्टरमा १८ नेपाली छौं,’ त्यहाँ रहेका एक नेपालीले भने, ‘हामी ट्राभल डकुमेन्टको प्रतीक्षामा छौं ।’


उनीहरूमध्ये ६ जना राहदानी फालेर शरणार्थी बन्ने प्रक्रियामा थिए । ‘हामी कसैको साथमा राहदानी छैन । यहाँको प्रहरीले नेपाली दूतावाससँग स्वदेश फर्कन ट्राभल डकुमेन्ट पठाइदिन पत्राचार गरेको जानकारी दिएको छ । दूतावासले ट्राभल डकुमेन्ट पठाउनेबित्तिकै टिकट खोजेर हामीलाई स्वदेश फिर्ता पठाइदिनेछ,’ ती नेपालीले भने ।

जर्मनीस्थित नेपाली दूतावासका उपप्रमुख सागर फुयालले उनीहरूलाई यथाशीघ्र नेपाल पठाउन बुल्गेरिया सरकारसँग समन्वय भइरहेको जानकारी दिए । ‘हामीले ट्राभल डकुमेन्ट जारी गरिसकेका छौं । उनीहरूलाई बुल्गेरिया सरकारले आफ्नै टिकटमा नेपाल पठाउँदै छ । अर्को सातासम्म डिपोर्ट भइसक्छन्,’ उनले भने । ती नेपालीहरू भारतबाट रोमानिया, हंगेरी हुँदै बुल्गेरिया पुगेका थिए ।

जसमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका हुन् । रोमानियाका लागि श्रम स्वीकृति लिई पुगेकाहरू पछिल्लो समय भागेर दोस्रो देश जानेको संख्या बढिरहेको छ । ‘म पोल्यान्ड जाने तयारीमा थिएँ । बुल्गेरियाको तीन महिनाको भिसा थियो । भिसाको म्याद समाप्त भएपछि पक्राउ परेको हो,’ अर्का नेपालीले भने, ‘अब नेपाल जानुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कतारमा तीन नेपाली नागरिकले आजीवन कैद सजाय भोगिरहेका छन्। उनीहरूलाई ‘अन्तर्राष्ट्रिय हत्या’मा संलग्न भएको ठहर गर्दै कतारको अदालतले आजीवन कैद सजाय सुनाएको हो। एकभन्दा बढी देशसँग जोडिएको घटनालाई कतारले अन्तर्राष्ट्रिय हत्याको रूपमा लिने गरेको छ। कतारी निकायबाट प्राप्त विवरणअनुसार नेपाली नागरिक कार्की, श्रेष्ठ र उरुवालाई आजीवन कैद सजाय सुनाइएको हो। कार्की र श्रेष्ठ भने ५ ...
: साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न नहुन आग्रह गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर 'नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम कारोबार 'हुण्डी' गरेको वा सङ्कलित रकम नेपाल नपठाएको' गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यममार्फत पठाउनुपर्ने नीतिगत व्यवस्था ...
: अमेरिकी अध्यागमनले एकैपटक ७५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका उनीहरूलाई बिहीबार अपरान्ह काठमाडौं ल्याइपुर्‍याएको हो। उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन्। अमेरिकी सरकारले निष्कासित भएका ७५ जनालाई विमान चार्टर्ड गरेर काठमाडौं पठाएको हो। अमेरिकाको अध्यागमनले उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको थियो। निष्काशन गर्ने तयारी भएपछि अमेरिकी अध्यागमनले ...
। नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग गरेको छ । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कात्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ...
। भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने ...