मुख्य समाचार
रुसले गुगललाई लगायो गन्नै नसकिने रकम जरिवाना
रुसले गुगललाई लगायो गन्नै नसकिने रकम जरिवाना

— रुसले विश्वकै ठूला प्रविधि कम्पनीमध्ये एक, गुगललाई गणना गर्न र जम्मा गर्न सम्भवै नभएको राशीको जरिवाना तिर्नुपर्ने सजाय सुनाएको छ । गुगलले रुसलाई २ अंकको पछिल्तिर ३६ वटा शून्य हुने गरी गणना नै सम्भव नभएको रकम तिर्नुपर्ने विषय अहिले सामाजिक सञ्जाल र मिडियामा रोचक खबर बनेर छाइरहेको छ ।



गुगलले आफ्नो स्ट्रिमिङ प्लाटफर्म युट्युबमा रुसका केही च्यानलमा प्रतिबन्ध लगाइदिएको प्रतिकृयास्वरुप रुसले समग्र विश्वको कुल गार्हस्थ्य उत्पादनभन्दा पनि कयौं गुणा ठूलो रकम जरिवाना तोकिदिएको हो । रुसी राष्ट्रिय समाचार संस्था ‘तास’ का अनुसार यसअघि रुसी अदालतले गुगललाई ती युट्युब च्यानल रिस्टोर गर्न (प्रतिबन्ध हटाउन) वा तोकिएको जरिवाना तिर्न निर्देशन दिएको थियो ।


गुगलले सन् २०२२ देखि रुसी च्यानलहरू ब्लक गरेको हुनाले अदालतले प्रतिहप्ता दोब्बर दरले जरिवाना वृद्धि गर्दै २०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००० रुबल तिर्न भनेको हो । सीएनएनका अनुसार क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले जरिवाना तोकेको पुष्टि गरेका थिए । उनले आफूले ‘उच्चारण नै गर्न नसक्ने अंक’ जरिवाना लगाइएको र यो अथाह राशी ‘सांकेतिक’ भएको बताएका छन् । ‘गुगलले हाम्रा प्रसारकहरूको क्रियाकलापलाई आफ्नो प्लाटफर्ममा प्रतिबन्ध लगाउन मिल्दैन,’ पेस्कोभले सीएनएनसँग भनेका छन् ।

गुगलले चाहिँ यो घटनालाई रुसमा आफ्नो व्यवसायसम्बन्धी ‘जारी कानुनी लडाइँ’ को संज्ञा दिएको छ । ‘युट्युबमा प्रतिबन्ध लगाइएका केही एकाउन्टहरूको विषयलाई लिएर हामीमाथि एकदमै ठूलो जरिवाना लगाउने व्यहोराको देवानी फैसला आएको छ,’ गुगलको प्रतिकृया छ, ‘तर अहिले जारी सो कानुनी प्रक्रियाले हामीलाई वित्तीय वा अन्य रूपमा कुनै प्रभाव पार्छ भन्ने हामीलाई लाग्दैन ।’

युक्रेनमाथि रुसद्वारा आक्रमण सुरु भएयता गुगलले अन्य अमेरिकी प्रविधि कम्पनीहरूले झैँ रुसमा आफ्नो गतिविधि घटाउँदै लगे पनि पूर्ण रूपमा बन्द भने गरेको छैन । गुगलको सर्च र युट्युब सेवा अझै पनि रुसमा उपलब्ध छ । रुस-युक्रेन युद्ध सुरु भएको केही समयमकै रुसी सरकारले गुगलको स्थानीय साझेदारको बैंक खाता रोक्का गरिदिएपछि सो कम्पनीले टाट पल्टिएको घोषणा गर्दै आफ्ना अधिकांश व्यावसायिक गतिविधि स्थगित गरेको थियो ।‍

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...