मुख्य समाचार
रुसले गुगललाई लगायो गन्नै नसकिने रकम जरिवाना
रुसले गुगललाई लगायो गन्नै नसकिने रकम जरिवाना

— रुसले विश्वकै ठूला प्रविधि कम्पनीमध्ये एक, गुगललाई गणना गर्न र जम्मा गर्न सम्भवै नभएको राशीको जरिवाना तिर्नुपर्ने सजाय सुनाएको छ । गुगलले रुसलाई २ अंकको पछिल्तिर ३६ वटा शून्य हुने गरी गणना नै सम्भव नभएको रकम तिर्नुपर्ने विषय अहिले सामाजिक सञ्जाल र मिडियामा रोचक खबर बनेर छाइरहेको छ ।



गुगलले आफ्नो स्ट्रिमिङ प्लाटफर्म युट्युबमा रुसका केही च्यानलमा प्रतिबन्ध लगाइदिएको प्रतिकृयास्वरुप रुसले समग्र विश्वको कुल गार्हस्थ्य उत्पादनभन्दा पनि कयौं गुणा ठूलो रकम जरिवाना तोकिदिएको हो । रुसी राष्ट्रिय समाचार संस्था ‘तास’ का अनुसार यसअघि रुसी अदालतले गुगललाई ती युट्युब च्यानल रिस्टोर गर्न (प्रतिबन्ध हटाउन) वा तोकिएको जरिवाना तिर्न निर्देशन दिएको थियो ।


गुगलले सन् २०२२ देखि रुसी च्यानलहरू ब्लक गरेको हुनाले अदालतले प्रतिहप्ता दोब्बर दरले जरिवाना वृद्धि गर्दै २०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००० रुबल तिर्न भनेको हो । सीएनएनका अनुसार क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले जरिवाना तोकेको पुष्टि गरेका थिए । उनले आफूले ‘उच्चारण नै गर्न नसक्ने अंक’ जरिवाना लगाइएको र यो अथाह राशी ‘सांकेतिक’ भएको बताएका छन् । ‘गुगलले हाम्रा प्रसारकहरूको क्रियाकलापलाई आफ्नो प्लाटफर्ममा प्रतिबन्ध लगाउन मिल्दैन,’ पेस्कोभले सीएनएनसँग भनेका छन् ।

गुगलले चाहिँ यो घटनालाई रुसमा आफ्नो व्यवसायसम्बन्धी ‘जारी कानुनी लडाइँ’ को संज्ञा दिएको छ । ‘युट्युबमा प्रतिबन्ध लगाइएका केही एकाउन्टहरूको विषयलाई लिएर हामीमाथि एकदमै ठूलो जरिवाना लगाउने व्यहोराको देवानी फैसला आएको छ,’ गुगलको प्रतिकृया छ, ‘तर अहिले जारी सो कानुनी प्रक्रियाले हामीलाई वित्तीय वा अन्य रूपमा कुनै प्रभाव पार्छ भन्ने हामीलाई लाग्दैन ।’

युक्रेनमाथि रुसद्वारा आक्रमण सुरु भएयता गुगलले अन्य अमेरिकी प्रविधि कम्पनीहरूले झैँ रुसमा आफ्नो गतिविधि घटाउँदै लगे पनि पूर्ण रूपमा बन्द भने गरेको छैन । गुगलको सर्च र युट्युब सेवा अझै पनि रुसमा उपलब्ध छ । रुस-युक्रेन युद्ध सुरु भएको केही समयमकै रुसी सरकारले गुगलको स्थानीय साझेदारको बैंक खाता रोक्का गरिदिएपछि सो कम्पनीले टाट पल्टिएको घोषणा गर्दै आफ्ना अधिकांश व्यावसायिक गतिविधि स्थगित गरेको थियो ।‍

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम