मुख्य समाचार
रेल-वे स्टेसनमा आत्मघाती विस्फोट : कम्तीमा २४ को मृत्यु, ४० भन्दा बढी घाइते
रेल-वे स्टेसनमा आत्मघाती विस्फोट : कम्तीमा २४ को मृत्यु, ४० भन्दा बढी घाइते

— पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेल-वे स्टेसनमा शनिबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । विष्फोटमा परी ४० जनाभन्दा धेरै घाइते भएका छन् ।



घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । पाकिस्तान प्रहरीका वरिष्ठ अधिकृत मुहम्मद बलोचले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरे ।


अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समय अनुसार बिहान ८:४५ बजे विष्फोट भएको थियो । रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएकाले धेरै मानिसहरू हताहत भएको प्रहरीको भनाइ छ ।


अधिकारीहरूका अनुसार आत्मघाती हमलाकारी सामान लिएर स्टेशनभित्र पसेका थिए भने सुरक्षाकर्मीहरूले ती आत्मघाती आक्रमणकारीलाई रोक्न सकेनन् ।

'पेशावर जाँदै गरेको एक्सप्रेस गन्तव्यतर्फ जाँदै गर्दा रेल-वे स्टेशनभित्र विस्फोट भएको थियो,' बलोचले भने । घाइतेहरूमध्ये करिब १० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...