मुख्य समाचार
एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे 
एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे 

— पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान मारक्विन्होलाई लाग्छ, टिममा दक्षता भन्ने नै छैन, न त काम ठीकले गर्ने सोच । बुधबारको खेलमा एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे ।



प्रतियोगिता सुरु हुनुअघि फेरि एकपल्ट पीएसजीको लक्ष्य उपाधि जित्ने नै थियो । तर चार खेलको समाप्तिमा फ्रान्सेली च्याम्पियन ३६ टिममध्ये २५ औं स्थानमा छ ।


यसपल्ट ८ चरणको खेलपछि पुछारमा रहेका १२ टिम प्रतियोगिताबाट बाहिरिने छन् । पीएसजीलाई अहिले यसकै पीर छ । ‘अहिले टिममा सुधार नै आइरहेको छैन, टिम सटिक र अचुक हुन सकेको छैन,’ मारक्विन्होले भने, ‘जतिबेला विपक्षी टिम बलियो हुन्छ, त्यतिबेला सानो भूलमा पनि त्यसको प्रतिफल डरलाग्दो हुन्छ ।’

पीएसजीले बायर्न र म्यानचेस्टर सिटी जस्ता बलिया टिमको अझै सामना गर्न बाँकी रहेको स्थितिमा छनोट निकै चुनौतीपूर्ण भएको छ । पछिल्लो च्याम्पियन्स लिगमा सेमिफाइनल पुगेको पीएसजी सन् २०२० को उप–विजेता हो । तर अहिलेसम्म टोलीले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...