मुख्य समाचार
अफगानिस्तानमा प्रतिबन्धको बाबजुद अफिम उत्पादन १९ प्रतिशतले वृद्धि
अफगानिस्तानमा प्रतिबन्धको बाबजुद अफिम उत्पादन १९ प्रतिशतले वृद्धि

। अफगानिस्तानमा तालिबान सरकारले प्रतिबन्ध लगाए पनि अफिमको खेती १९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

मादक पदार्थ एवम् अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालय (यूएनओडीसी)को नयाँ रिपोर्ट अनुसार सन् २०२४ मा अफगानिस्तानमा अफिमको खेती १९ प्रतिशतले बढेको हो ।


सन् २०२३ मा अफगानिस्तानमा अफिमको खेतीमा ९५ प्रतिशतले गिरावट आएको थियो । यस वर्ष अफिमको खेती र उत्पादन घटे पनि सन् २०२२ को तुलनामा भने कम नै छ ।

सन् २०२२ मा अफिमको खेती दुई लाख ३२ हजार हेक्टर क्षेत्रमा भएको थियो । तालिबानले प्रतिबन्ध लगाएपनि अफगानिस्तानमा अझै १२ हजार ८०० हेक्टर जग्गामा अफिम खेती हुने गरेको अनुमान छ ।


अफिमको खेतीमा प्रतिबन्ध लागेपछि अफगानिस्तानका किसान विकल्प खोज्न बाध्य छन् । कतिपयलाई दैनिक खर्च चलाउन पनि कठिन भएको बताइन्छ । यूएनओडीसीकी कार्यकारी निर्देशक गादा बोलीले अफगानिस्तानका किसानका कठिनाइलाई मध्यनजर गर्दै दिगो विकल्प दिनुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘अफगानिस्तानमा अफिमको खेती असाध्यै घटेको छ । अफगानिस्तानका किसानका लागि यो एउटा राम्रो अवसर पनि हो । उनीहरुलाई अवैध बजारबाट बाहिर निकालेर स्थायी र वैध आयको विकल्प खोज्न तत्काल मद्दत गर्नुपर्छ ।’

दक्षिण–पश्चिम अफगानिस्तान अफिम उत्पादनको केन्द्र मानिन्छ । तर यस वर्ष अफिम खेतीको ५९ प्रतिशत हिस्सा पूर्वोत्तर प्रान्तमा देखिएको छ । यही क्षेत्रमा गत वर्षको तुलनामा करिब चार गुणाले अफिम उत्पादन बढेको पाइएको यूएनओडीसीको रिपोर्टमा उल्लेख छ ।

अफिमको उत्पादन बढ्नुको कारणमा बजारको माग र किसानको आर्थिक कठिनाइ मुख्य कारण हुन सक्ने अनुमान छ । सन् २०२४ को पहिलो ६ महिनामा एक किलो सुख्खा अफिमको मूल्य करिब ७३० अमेरिकी डलर रहेको छ । जबकि प्रतिबन्ध लगाउनु अघि एक किलो सुख्खा अफिमको मूल्य औसत १०० अमेरिकी डलर थियो ।

रिपोर्टमा लेखिएको छ, ‘उच्च मूल्य र घट्दो अफिम भण्डारले किसानहरुलाई प्रतिबन्ध उल्लंघन गर्न उक्साउन सक्छ । साथै यो छिमेकी देशमा पनि फैलिन सक्छ ।’

रिपोर्टमा लेखिएअनुसार प्रतिबन्ध लागेका कारण अफगानिस्तानका किसानहरु गम्भीर आर्थिक संकटमा परेका छन् । त्यसैले उनीहरुलाई दिगो आय स्रोतको आवश्यकता छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि एवम् सहायता मिसनका प्रमुख रोजा ओटुबायेबाले अफगानिस्तानका किसानलाई अन्तर्राष्ट्रिय सहायताको तत्काल आवश्यकता रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी चाहन्छौं यो परिवर्तन स्थायी हुनुपर्छ र तुरुन्तै अन्तर्राष्ट्रिय सहयोग दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...