मुख्य समाचार
अफगानिस्तानमा प्रतिबन्धको बाबजुद अफिम उत्पादन १९ प्रतिशतले वृद्धि
अफगानिस्तानमा प्रतिबन्धको बाबजुद अफिम उत्पादन १९ प्रतिशतले वृद्धि

। अफगानिस्तानमा तालिबान सरकारले प्रतिबन्ध लगाए पनि अफिमको खेती १९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

मादक पदार्थ एवम् अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालय (यूएनओडीसी)को नयाँ रिपोर्ट अनुसार सन् २०२४ मा अफगानिस्तानमा अफिमको खेती १९ प्रतिशतले बढेको हो ।


सन् २०२३ मा अफगानिस्तानमा अफिमको खेतीमा ९५ प्रतिशतले गिरावट आएको थियो । यस वर्ष अफिमको खेती र उत्पादन घटे पनि सन् २०२२ को तुलनामा भने कम नै छ ।

सन् २०२२ मा अफिमको खेती दुई लाख ३२ हजार हेक्टर क्षेत्रमा भएको थियो । तालिबानले प्रतिबन्ध लगाएपनि अफगानिस्तानमा अझै १२ हजार ८०० हेक्टर जग्गामा अफिम खेती हुने गरेको अनुमान छ ।


अफिमको खेतीमा प्रतिबन्ध लागेपछि अफगानिस्तानका किसान विकल्प खोज्न बाध्य छन् । कतिपयलाई दैनिक खर्च चलाउन पनि कठिन भएको बताइन्छ । यूएनओडीसीकी कार्यकारी निर्देशक गादा बोलीले अफगानिस्तानका किसानका कठिनाइलाई मध्यनजर गर्दै दिगो विकल्प दिनुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘अफगानिस्तानमा अफिमको खेती असाध्यै घटेको छ । अफगानिस्तानका किसानका लागि यो एउटा राम्रो अवसर पनि हो । उनीहरुलाई अवैध बजारबाट बाहिर निकालेर स्थायी र वैध आयको विकल्प खोज्न तत्काल मद्दत गर्नुपर्छ ।’

दक्षिण–पश्चिम अफगानिस्तान अफिम उत्पादनको केन्द्र मानिन्छ । तर यस वर्ष अफिम खेतीको ५९ प्रतिशत हिस्सा पूर्वोत्तर प्रान्तमा देखिएको छ । यही क्षेत्रमा गत वर्षको तुलनामा करिब चार गुणाले अफिम उत्पादन बढेको पाइएको यूएनओडीसीको रिपोर्टमा उल्लेख छ ।

अफिमको उत्पादन बढ्नुको कारणमा बजारको माग र किसानको आर्थिक कठिनाइ मुख्य कारण हुन सक्ने अनुमान छ । सन् २०२४ को पहिलो ६ महिनामा एक किलो सुख्खा अफिमको मूल्य करिब ७३० अमेरिकी डलर रहेको छ । जबकि प्रतिबन्ध लगाउनु अघि एक किलो सुख्खा अफिमको मूल्य औसत १०० अमेरिकी डलर थियो ।

रिपोर्टमा लेखिएको छ, ‘उच्च मूल्य र घट्दो अफिम भण्डारले किसानहरुलाई प्रतिबन्ध उल्लंघन गर्न उक्साउन सक्छ । साथै यो छिमेकी देशमा पनि फैलिन सक्छ ।’

रिपोर्टमा लेखिएअनुसार प्रतिबन्ध लागेका कारण अफगानिस्तानका किसानहरु गम्भीर आर्थिक संकटमा परेका छन् । त्यसैले उनीहरुलाई दिगो आय स्रोतको आवश्यकता छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि एवम् सहायता मिसनका प्रमुख रोजा ओटुबायेबाले अफगानिस्तानका किसानलाई अन्तर्राष्ट्रिय सहायताको तत्काल आवश्यकता रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी चाहन्छौं यो परिवर्तन स्थायी हुनुपर्छ र तुरुन्तै अन्तर्राष्ट्रिय सहयोग दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...