मुख्य समाचार
राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत
राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत

— अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् ।



ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग 'राम्रो संवाद' भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेको बताएका छन् । तर ट्रम्पले कुराकानीबारे विस्तृत भने केही नभनेको एनबीसीले जनाएको छ । पुटिनसँग अहिले संवाद नभएको उल्लेख गर्दै उनले भनेका छन्, 'मलाई लाग्छ, हामी कुराकानी गर्नेछौँ ।'


यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई दिएका हुन् । रुसी समाचार संस्था तासका अनुसार बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका हुन् ।

पुटिनको भनाइ उद्धृत गर्दै तासले लेखेको छ, 'म यो अवसरलाई सदुपयोग गर्दै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिन चाहन्छु । मैले पहिले पनि भनिसकेको छु कि अमेरिकी नागरिकको विश्वास भएका राष्ट्राध्यक्षसँग हामी काम गर्नेछौँ ।' यद्यपि राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई औपचारिक रूपमा बधाईको पत्र भने पठाएका छैनन् ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै कतिपयले युक्रेन-रुस युद्ध रोकिन सक्ने बताएका छन् । त्यसो त चुनावी प्रचारप्रसारका क्रममा ट्रम्प आफैंले पनि आफू राष्ट्रपति भए एकदिनमै युद्ध रोक्ने दाबी गरेका थिए । ट्रम्पले आगामी जनवरी २० मा दोस्रो कार्यकालका रूपमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

रुसी राष्ट्रपति पुटिनले ट्रम्पसँगको छलफलका लागि तयार रहेको समेत बताएका छन् । गत जुलाईमा ट्रम्पमाथि भएको सांघातिक आक्रमणको प्रसंगमा पुटिनले ट्रम्पलाई साहसी व्यक्तिका रूपमा समेत प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम