मुख्य समाचार
नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र यूएईको दुबई उडान समय तालिका परिवर्तन
नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र यूएईको दुबई उडान समय तालिका परिवर्तन

। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुँदैछ ।

सोहीकारण नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र यूएईको दुबई उडान समय तालिका परिवर्तन गरेको छ ।

नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट ११:५० (स्थानीय समय) मा उड्ने जहाज अब ९:१५ मा उड्ने छ । नारिताबाट स्थानीय समय अनुसार ११:२५ मा उड्ने जहाज अब ९ बजेर २५ मिनेटमै उड्ने नेवानिले जनाएको छ ।

काठमाडौंबाट दोहामा रातको ११ बजे उड्ने जहाज अब साढे ९ बजे उड्ने भएको छ । दोहाबाट ३:२५ मा उड्ने जहाज अब भने २ बजे नै उड्ने गरी समय तालिका परिवर्तन गरिएको छ ।

काठमाडौंबाट ११:१५ मा दुबई उड्ने जहाज अब ९ बजेर ३५ मिनेटमा उड्ने गरी तालिका मिलाइएको समेत नेवानिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सरकारलाई ‘हनिमुन पिरियड’ नचाहिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको पहिलो वैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाको सरकारले दिन गनेर नभई मिनेट गनेर काम गर्ने बताए । उनले प्रतिशोधका आधारमा विपक्षी दलहरुप्रति व्यवहार नहुने बताएका छन् । नेपाली जनताले काम गरेर देखाउन रास्वपालाई ऐतिहासिक दुई तिहाइ मत दिएको ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेटको मार्ग भएर जापानसँग सम्बन्धित जहाजहरूको आवागमनमा अनुमति दिन तयार रहेको बताएका छन् । उनले जापानको ‘क्योडो न्युज’ सँग इरान होर्मुज स्ट्रेट भएर जापानसँग सम्बन्धित जहाजहरूको आवत–जावतका लागि अनुमति दिन तयार रहेको बताएका हुन् । ‘क्योडो न्युज’ अनुसार अरागचीले प्रतिबन्ध अस्थायी रूपले हटाउने उद्देश्यले जापानी पक्षसँग पहिलेबाट नै कुराकानी सुरू भइसकेको ...
। जापानले महिला एसियन कप फुटबल २०२६ को उपाधि जितेको छ। फाइनलमा आयोजक अस्ट्रेलियालाई १–० गोलले पराजित गर्दै जापानले तेस्रो पटक उपाधि हात पारेको हो। सिड्नीमा भएको खेलमा पहिलो हाफमै माइका हमानोले उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाएकी थिइन्। करिब १८ मिटर टाढाबाट गरेको उनको प्रहार निर्णायक बन्यो। जापानले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै २९ गोल गरेको थियो ...
: जापान सरकारले बझाङ जिल्लास्थित श्री सत्यवादी उच्च माध्यमिक विद्यालयका लागि कक्षा कोठा निर्माण गर्न आर्थिक सहयोग प्रदान गर्ने भएको छ। यस सम्बन्धमा नेपालका लागि जापानका राजदूत मायदा तोरु र युनाइटेड मिसन टु नेपाल मेडिकल एन्ड डेभलपमेन्ट ट्रस्टकी कार्यकारी निर्देश धन लामाबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो। उक्त हस्ताक्षर समारोह आज काठमाडौंस्थित जापानी दूतावासमा मा सम्पन्न ...
: जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सन् २०३१ को मार्च महिनासम्ममा ताइवानबाट ११० किलोमिटरको दुर्गम पश्चिमी टापु 'योनागुनी' मा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू तैनाथ गरिने घोषणा गरेका छन् । सन् २०२२ मा यो योजना घोषणा गरिए पनि जापानले सैन्य योजनाको निश्चित समयतालिका पहिलो पटक सार्वजनिक गरेको हो जसलाई यस क्षेत्रमा बढ्दो चिनियाँ सैन्य ...