मुख्य समाचार
उपचारको क्रममा बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरी नियन्त्रणमा
उपचारको क्रममा बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरी नियन्त्रणमा

: डोटीको सुजङ्ग अस्पतालमा उपचारको क्रममा एक बालिकाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका- ३ दिपायल बस्ने लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



भुलको खेल्ने क्रममा लड्न गई बायाँ हात भाँच्चिई उपचारको लागि सुजङ्ग अस्पताल राजपुर डोटीमा ल्याई सामान्य उपचार पश्चात् बुधवार साँझ अप्रेसन गर्नका लागी अप्रेसन थ्रेटरमा राखेर बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

उपचारमा संलग्न तीनजना चिकित्सक लाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। चिकित्सकहरू डा.राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अबिशेक यादव प्रहरी नियन्त्रणमा लिएको हो।



बालिकाको उपचारका क्रममा मृत्यु भएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए। उनले अप्रेसनको तयारीका क्रममा प्रयोग भएको औषधीको रियाक्सनका कारण बालिकाको मृत्यु भएको हुन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानुले आफ्नै श्रीमानबाट घरेलु हिंसा परेर गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उनको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ ...
— सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेंगीकाे उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले डेंगी संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको बताए । 'सचेतना कार्यक्रमका कारण ...
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन
। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । यहाँ फागुनको पहिलो सातादेखि दादुरा फैलिएको थियो । अझै ३० जना बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । फागुन पहिलो सातादेखि हालसम्म ११३ जनामा दादुराको लक्षण देखिएको छ भने सात जनामा दादुरा पुष्टि भइसकेको छ । दादुराको लक्षण देखिएका २१ जनाको नमूना संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ...
— मुलुकभरमै पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिस संक्रमण बढी पाइएपछि फागुन २९ देखि जिल्लाभरी जापानिज ईन्सेफलाइटिसबिरुद्धको निःशुल्क खोप अभियान संचालन भइरहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफलाइटिस रोगको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जिल्लामा साउनयता १४ जनामा यो रोगको संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम