मुख्य समाचार
उपचारको क्रममा बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरी नियन्त्रणमा
उपचारको क्रममा बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरी नियन्त्रणमा

: डोटीको सुजङ्ग अस्पतालमा उपचारको क्रममा एक बालिकाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका- ३ दिपायल बस्ने लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



भुलको खेल्ने क्रममा लड्न गई बायाँ हात भाँच्चिई उपचारको लागि सुजङ्ग अस्पताल राजपुर डोटीमा ल्याई सामान्य उपचार पश्चात् बुधवार साँझ अप्रेसन गर्नका लागी अप्रेसन थ्रेटरमा राखेर बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

उपचारमा संलग्न तीनजना चिकित्सक लाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। चिकित्सकहरू डा.राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अबिशेक यादव प्रहरी नियन्त्रणमा लिएको हो।



बालिकाको उपचारका क्रममा मृत्यु भएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए। उनले अप्रेसनको तयारीका क्रममा प्रयोग भएको औषधीको रियाक्सनका कारण बालिकाको मृत्यु भएको हुन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाए शतक
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर
एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य
अर्थतन्त्रको सबलीकरण र सुशासन
। नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ । करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो । मंगलबारको ...