मुख्य समाचार
अमेरिकामा हालै सम्पन्न नर्थ अमेरिकन वाइफ क्यारिंग च्याम्पियनशिपमा ३० भन्दा धेरै जोडीहरु सहभागी
अमेरिकामा हालै सम्पन्न नर्थ अमेरिकन वाइफ क्यारिंग च्याम्पियनशिपमा ३० भन्दा धेरै जोडीहरु सहभागी

अमेरिकामा हालै सम्पन्न नर्थ अमेरिकन वाइफ क्यारिंग च्याम्पियनशिपमा ३० भन्दा धेरै जोडीहरु सहभागी भए ।

ठूलो संख्याका दर्शकका बीच सम्पन्न उक्त श्रीमती बोक्ने प्रतियोगितामा प्रतिस्पर्धीहरु पानीमा चोपलिंदै, काठका मुढा नाघ्ददै, हिलो कुल्चिँदै दौडिए । त्यसो गरिरहँदा पुरुष प्रतियोगीहरुले आफ्नी पत्नीलाई आलुको बोरा जस्तै गरी काँधमा बोकिरहेका थिए ।




यो प्रतियोगिता १९औं सताब्दीको एक चर्चित लुटेराको शैलीबाट प्रभावित भएर सुरु गरिएको हो । रोन्केइनेन द रबर नामक फिनल्याण्डको लुटेराले गाउँहरुमा गएर लुटपाट गर्ने र त्यहाँका महिलाहरुलाई उठाएर लैजाने गर्दथ्यो ।

उक्त प्रतियोगितामा विजेता हुनेले पुरस्कार स्वरुप ‘श्रीमती’ को तौल बराबरको बियर तथा तौलको अंकको पाँच गुणा बराबरको नगद रकम प्राप्त गरे
त्यही शैलीमा यो प्रतियोगितामा सहभागी जोडीमध्ये पुरुषले आफ्नो पार्टनरलाई काँधमा बोकेर दौडिन्छन् ।




यद्यपि शनिबार आयोजित प्रतियोगितामा भने केवल विवाहित जोडी अर्थात् महिला र पुरुष मात्रै सहभागी भएनन् । केही जोडी बोक्ने र बोकिनेहरु दुवै पुरुषहरू वा महिलाहरु मात्रै समेत थिए ।

अमेरिकाको मेइनमा रहेको सन्डे रिभर स्की रिसोर्टस्थित २ सय ५४ मिटरको मार्गमा उक्त प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रतियोगितामा विजेता हुनेले पुरस्कार स्वरुप ‘श्रीमती’ को तौल बराबरको बियर तथा तौलको अंकको पाँच गुणा बराबरको नगद रकम प्राप्त गरे ।

त्यसक्रममा विजेताकी पत्नीलाई तराजुमा राखेर तौल लिइएको थियो । तराजुको एकापट्टि पत्नी र अर्कोपट्टि बियरका कार्टुन राखेर बराबर तौल बनाएर दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...