मुख्य समाचार
अमेरिकामा हालै सम्पन्न नर्थ अमेरिकन वाइफ क्यारिंग च्याम्पियनशिपमा ३० भन्दा धेरै जोडीहरु सहभागी
अमेरिकामा हालै सम्पन्न नर्थ अमेरिकन वाइफ क्यारिंग च्याम्पियनशिपमा ३० भन्दा धेरै जोडीहरु सहभागी

अमेरिकामा हालै सम्पन्न नर्थ अमेरिकन वाइफ क्यारिंग च्याम्पियनशिपमा ३० भन्दा धेरै जोडीहरु सहभागी भए ।

ठूलो संख्याका दर्शकका बीच सम्पन्न उक्त श्रीमती बोक्ने प्रतियोगितामा प्रतिस्पर्धीहरु पानीमा चोपलिंदै, काठका मुढा नाघ्ददै, हिलो कुल्चिँदै दौडिए । त्यसो गरिरहँदा पुरुष प्रतियोगीहरुले आफ्नी पत्नीलाई आलुको बोरा जस्तै गरी काँधमा बोकिरहेका थिए ।




यो प्रतियोगिता १९औं सताब्दीको एक चर्चित लुटेराको शैलीबाट प्रभावित भएर सुरु गरिएको हो । रोन्केइनेन द रबर नामक फिनल्याण्डको लुटेराले गाउँहरुमा गएर लुटपाट गर्ने र त्यहाँका महिलाहरुलाई उठाएर लैजाने गर्दथ्यो ।

उक्त प्रतियोगितामा विजेता हुनेले पुरस्कार स्वरुप ‘श्रीमती’ को तौल बराबरको बियर तथा तौलको अंकको पाँच गुणा बराबरको नगद रकम प्राप्त गरे
त्यही शैलीमा यो प्रतियोगितामा सहभागी जोडीमध्ये पुरुषले आफ्नो पार्टनरलाई काँधमा बोकेर दौडिन्छन् ।




यद्यपि शनिबार आयोजित प्रतियोगितामा भने केवल विवाहित जोडी अर्थात् महिला र पुरुष मात्रै सहभागी भएनन् । केही जोडी बोक्ने र बोकिनेहरु दुवै पुरुषहरू वा महिलाहरु मात्रै समेत थिए ।

अमेरिकाको मेइनमा रहेको सन्डे रिभर स्की रिसोर्टस्थित २ सय ५४ मिटरको मार्गमा उक्त प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रतियोगितामा विजेता हुनेले पुरस्कार स्वरुप ‘श्रीमती’ को तौल बराबरको बियर तथा तौलको अंकको पाँच गुणा बराबरको नगद रकम प्राप्त गरे ।

त्यसक्रममा विजेताकी पत्नीलाई तराजुमा राखेर तौल लिइएको थियो । तराजुको एकापट्टि पत्नी र अर्कोपट्टि बियरका कार्टुन राखेर बराबर तौल बनाएर दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...