मुख्य समाचार
शाहरुखलाई पनि धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता
शाहरुखलाई पनि धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता

। पछिल्लो समय बलिउड स्टारलाई एकपछि अर्को गरि ज्यान मार्ने धम्की आउन थालेको छ । अभिनेता सलमान खानले लगातार ग्याङस्टर लरेन्स बिस्नोइ र अज्ञात समूहबाट यस्ता धम्की खेपिरहेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार, यस्तो धम्की अर्का स्टार शाहरुख खानलाई पनि आउन थालेको छ । फैजान खान नामका एक व्यक्तिले ज्यान मार्ने धम्की दिएको विवरणहरुमा जनाइएको छ । यसविरुद्ध महाराष्ट्रको बान्द्रा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको उल्लेख छ ।




रायपुरका आरोपीले अभिनेतासँग ठूलो फिरौती मागेका छन् । मुम्बई प्रहरीको टोली अनुसन्धानका लागि रायपुर गएको स्रोतले जनाएको छ । धम्की दिएको आरोपमा बाईको बान्द्रा पुलिस स्टेशनमा एक अज्ञात व्यक्ति विरुद्ध धारा ३०८(४), ३५१ (३) र (४) अन्तर्गत आपराधिक मुद्दा दायर गरिएको छ ।

शाहरुख सधैं भूमिगत समूहको तारोमा छन् । यसअघि पनि उनलाई धेरै पटक ज्यान मार्ने धम्की आयो । गत अक्टोबरमा पनि पठान र जवान फिल्मको सफलतापछि उनलाई ज्यान मार्ने धम्की आएको थियो । अभिनेताले यस सम्बन्धमा महाराष्ट्र पुलिसमा लिखित उजुरी दिएका थिए । त्यसपछि उनलाई वाई प्लसको सुरक्षा दिइएको थियो ।




गत वर्ष चर्चित निर्देशक सञ्जय गुप्ताले सामाजिक सञ्जालमा ट्वीट गर्दै शाहरुखको तारिफ गरेका थिए । उनले भनेका थिए, ‘९० को दशकमा शाहरुख एक मात्र अभिनेता थिए जो अन्डरवर्ल्ड अघि झुकेनन् । उनले भने कि यदि तिमी शूट गर्न चाहन्छौ भने गोली मार, तर म तिम्रो लागि काम गर्दिन । म पठान हुँ । शाहरुख अहिले पनि उस्तै छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...