मुख्य समाचार
यू-१९ महिला टी-२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी
यू-१९ महिला टी-२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी

। युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ ।

छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।


दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो ।

कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।


कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् ।

रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १-१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।

त्यसअघि नेपालका लागि पुजा महतोले कप्तानी इनिङ्स इनिङ्स खेल्दै ३४ रन बनाइन् । लगातार दोस्रो खेलमा नेपालका लागि उच्च रन बनाउने क्रममा महतोले ३८ बल खेल्दा ४ चौका मद्दतमा ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् ।

ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसाकुमारी यादवले १५ रन जोडिन् ।

कुवेतकी आयशा इकवाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— युरोपेली च्याम्पियन्स लिगमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी युभेन्ट्सको हातबाट २–० ले पराजित भएको छ । यो नतिजाले सिटीको समस्या अझ बढेको छ । अब सिटीमाथि अन्तिम १६ पुग्न नसक्ने डर उत्पन्न भएको छ । टुरिनमा भएको खेलमा युभेन्ट्सको जितका लागि डुसान भ्लाहोभिच र वेस्टन म्याककेनीको गोल पर्याप्त रह्यो । यो नतिजापछि सिटी युरोपेली क्लब फुटबलको ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ। हालसम्म अविजित रहेको जनकपुरको ओपनरद्वय सस्तैमा आउट हुँदा मिडलअर्डर पनि कोलाप्स भएको हो। किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा १२४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा नै ५१ रन बनाउँदै अलआउट भएको हो । यो जनकपुरको पहिलो ...
— युरोपेली च्याम्पियन्स लिगको समूह चरणको शीर्षमा रहेको लिभरपुलले मंगलबार जिरोनालाई १–० ले हराएको छ र यससँगै अन्तिम १६ मा लगभग प्रवेश गरेको छ । लिभरपुलको यो लगातार छैटौं जित र शतप्रतिशत प्रदर्शन हो । जिरोनामा भएको खेलमा लिभरपुलका लागि मोहमद सलाहले पेनाल्टीबाट एक मात्र गोल गरे । सिजनमै उत्कृष्ट सुरुआत लिएको आर्ने स्लटको लिभरपुललाई दोस्रो ...
: नेपाल प्रिमियर लिग(एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई हराएसँगै काठमाडौंले दोस्रो जित निकालेको हो। आजको खेलमा हार बेहोरेसँगै लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ। काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका लागि सन्दीप ...
: नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरेको छ। अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टीट्वेन्टी विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेका छन्। उनले २३ टीट्वेन्टी अन्तर्राष्ट्रिय र १० एकदिवसीय खेल खेलेका छन्। भारतीय टोलीबाट यू–१९ विश्वकप जितेका सिंहको आगमनले रोयल्सको टोली थप बलियो हुने ...