मुख्य समाचार
बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५-२ ले पराजित
बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५-२ ले पराजित

। रोवर्ट लेवान्डोस्कीले आफ्नो लय कायम राख्दै दुई गोल गरेपछि बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५-२ ले पराजित गरेको छ ।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो लगातार तेस्रो हो । यस्तै बेलग्रेडविरुद्धको दुई गोलपछि च्याम्पियन्स लिगमा लेवान्डोस्कीको गोल संख्या ९९ पुगेको छ । अब उनलाई च्याम्पियन्स लिगमा एक सय गोल पूरा गर्न एक गोल आवश्यक छ । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीले मात्र च्याम्पियन्स लिगमा एक सय गोल पूरा गरेका छन् । ।

३६ वर्षीय लेवान्डवस्कीले यस सिजन सबै खाले प्रतियोगितामा गरेर १६ खेलमा १९ गोल गरेका छन् ।

बेलग्रेडको मैदानमा भएको खेलमा लेवान्डोस्कीले ४३औं र ५३औं मिनेटमा गोल गरेका थिए । त्यसअघि इनिगो मार्टिनेजले १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।


२७औं मिनेटमा मातोम्पा एमभुम्पाले बेलग्रेडका लागि बराबरी गोल फर्काएपछि लेवान्डोस्कीको लगागातार दुई गोलपछि बार्सिलोनाले ३-१ को अग्रता बनाएको थियो । त्यसपछि कप्तान राफिन्हाले ५५औं र फर्मिन लोपेजले ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।

लगातार तेस्रो जितपछि बार्सिलोना ४ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

पहिलो खेलमै मोनाकोसँग पराजित भएको बार्सिलोनाले त्यसयता योङ ब्वाइज र बायर्न म्युनिखलाई पनि हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...