मुख्य समाचार
देउसी-भैलो खेल्नेक्रममा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ
देउसी-भैलो खेल्नेक्रममा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ

— पश्चिम नवलपरासीको सुनवलमा देउसी-भैलो खेल्नेक्रममा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल-३ किर्तिपुर बस्ने २३ वर्षीय अभिषेक गुरुङ, २६ वर्षीय बिसन गुरुङ र २८ वर्षीय अमित गुरुङ रहेका छ्न् ।



सुनवल नगरपालिका-१२ भुमहीमा देउसी-भैलो खेलिरहेको स्थानमा विवाद हुँदा खुकुरी प्रहार गरी केही व्यक्ति घाइते बनाएर फरार भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । घटना गराएर बुटवलतर्फ भागेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलसँग समन्वय गरेर रुपन्देहीबाट पक्राउ उनीहरुलाई गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेकाहरुमाथि ज्यान मार्ने उद्योगमा म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् । बुधबार तेह्रथुममा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताएका हुन् । ‘देशको अफ्ठ्यारो स्थितिलाई हेरेर ठूला राजनीतिक दलहरु, इतिहास बोकेका, जिम्मेवार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले मिलेर यो सरकार बनेको ...
। उच्च अदालत पाटनले विद्युत् महशुल बक्यौता उठाउने नाममा असम्बन्धित कम्पनीहरूको भुक्तानी नरोक्न नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले पियोर इनर्जी लिमिटेडले विद्युत् बिक्री बापतको रकमको भुक्तानी नरोक्न भनी अन्तरिम आदेश दिएको हो । डेडिकेटेड र ट्रंकलाइन महशुल भुक्तानीको बारेमा विभिन्न उद्योगी/व्यवसायी र नेपाल विद्युत् प्राधिकरणको विवाद जारी छ ...
— विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले मुद्दा अभियोजन गरेका हुन् । 'प्रसाईंविरुद्ध विद्युतीय कारोबारमा मुद्दा दर्ता भएको छ ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रमा देखिएको समस्या समाधान गर्न कानुनी जटिलता फुकाइने बताएका छन् । संविधानले प्रदेश सरकारलाई वन क्षेत्रको अधिकार दिएकाले संरक्षण, सम्वद्र्धन तथा राजश्व वृद्धिका लागि निर्धक्क भएर कार्ययोजना निर्माण गरेर कार्यान्वयनमा जुट्न जरुरी रहेको मुख्यमन्त्री आचार्यको भनाई छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री आचार्यले ऐन, कार्यविधि ...
— अर्थतन्त्रको अहिलेको अवस्थाबारे आफू सन्तुष्ट नरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा सांसदहरूजस्तै आफू पनि सन्तुष्ट नरहेको बताए । अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान गर्दै गएको पनि पौडेलको भनाइ थियो । लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने ...