मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

— भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे चोकमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।


साँझ सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको वाग्मती प्र ०२–०२१प. ८१२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–६ भोलाछें घर भई हाल भक्तपुर कटुञ्जे बस्ने ६९ वर्षीया विमला प्रधानांगको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।


दुर्घटनालगत्तै मोटरसाइकलसहित फरार चालक रामेछाप सुनापाती गाउँपालिका–५ घरभई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २६ वर्षीय दिपक मानन्धरलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको हिरासतमा राखेर अनुसन्धानसहित थप कार्य अगाडि बढाइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ स्यादुलका ४२ वर्षीय रामकुमार चेपाङ माछा मार्ने क्रममा नदीमा बेपत्ता भएका हुन् । प्रहरीका अनुसार चेपाङ आफ्ना दुई छोरासहित माछा मार्न गएका थिए । सोही क्रममा पौडी खेल्ने प्रयास गर्दा उनी त्रिशूली नदीमा डुबेर बेपत्ता भएका हुन्। प्रहरीका अनुसार घटनाबारे ...
: लगातारको वर्षा तथा बिपदको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले बीपी राजमार्गमा रातको समयमा सवारी आवागमन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । समितिको बैठकले आज साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि उक्त निर्णय लागू गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार ...
: महिलामाथि अश्लील हर्कत गरेको आरोपमा पुतलीबजार नगरपालिका–९ का एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २० वर्षीय दिवस सुनार रहेका छन्। प्रहरीका अनुसार,सुनारले एक महिलालाई मोटरसाइकलमा लिएर एकान्त स्थानमा पुर्‍याएपछि अशोभनीय व्यवहार गरेका थिए। पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानतर्फ जाने सडकको एकान्त क्षेत्रमा पुगेपछि उनले ती महिलासँग फोन नम्बर मागेका थिए। महिलाले नम्बर दिन अस्वीकार गरेपछि ...
: सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
: ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २९३ सवारी चालकलाई कारबाही गरेको छ। मंगलबार बिहानसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११३ जना, राइड सेयरिङ नियम उल्लंघन गर्ने १८४, रातोबत्ती उल्लंघन गर्ने १५७, तीव्र गतिमा सवारी चलाउने १२४, लेन क्रस गर्ने २१९, सडक तथा फुटपाथ अतिक्रमण ...