मुख्य समाचार
अध्ययनपछि लगानी सुनिश्चितता गरेर डिजाइनको काम अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाए
अध्ययनपछि लगानी सुनिश्चितता गरेर डिजाइनको काम अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाए

— गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको बीपी राजमार्गको भौगर्भिक अध्ययन अघि बढाइएको छ । एक महिनाभित्र सक्ने गरी तिहारअघिबाट यसको अध्ययन भइरहेको हो । अध्ययनपछि लगानी सुनिश्चितता गरेर डिजाइनको काम अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।



तिहारले गर्दा अध्ययनमा केही ढिलाइ भए पनि तोकिएकै समयभित्र सक्ने गरी काम भइरहेको भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।


‘भौगर्भिक अध्ययन नगरी निर्माण गर्दा फेरि समस्या आउने खतरा हुन्छ,’ उनले भने, ‘अध्ययन गरेर मात्र निर्माणको काम अघि बढाउँछौं ।’ अध्ययन रिपोर्टका आधारमा डिजाइनको काम अघि बढाइने उनको भनाइ छ । ‘अध्ययनपछि कति लागत लाग्छ, थाहा हुन्छ,’ उनले भने, ‘त्यसपछि अर्थ मन्त्रालयसँग बसेर छलफल गर्छौं ।’

नेपाल सरकार आफ्नै लगानीमा वा दातृ निकायको सहयोगमा बनाउने भन्नेबारे अझै निर्णय भइनसकेको उनको भनाइ छ । ‘औपचारिक रूपमा निर्माणमा सहयोग गर्न कुनै पनि निकायलाई प्रस्ताव गरिएको छैन,’ उनले भने, ‘अनौपचारिक रूपमा सडक मर्मतसँगै स्थायी निर्माण गर्नेबारे विश्व बैंक, एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई भनिएको छ ।’

तर कुनै पनि निकायबाट अहिलेसम्म ठोस प्रस्ताव आइनसकेको उनले बताए । ‘हामीसँग बजेट नभएका बेला दातृ निकायले बजेट दिन्छौं भने हामी लिन तयार छौं,’ शर्माले भने, ‘ऋणभन्दा पनि अनुदान भए हुन्थ्यो, अनुदान दिएर काम गर्न समय लगाउनु भने भएन ।’ यस्तो गरिए अनुदान सहयोगको अर्थ नहुने उनले बताए ।

‘यो आपत्कालीन अवस्था हो, छिटो बनाउनुपर्छ भन्ने विषय सहयोग गर्ने निकायले पनि बुझ्नुपर्छ,’ शर्माले भने, ‘अहिले लागत बढी अनुमान गरिएको छ, अध्ययनपछि वास्तविक निर्माण लागत निस्कन्छ ।’ काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किमि सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ । ३.३ किमि सडक कतै भासिएको र कतै चिरा परेको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायातका साधन चलाइएको छ । तर पानी पर्नासाथ खोलोमा बाढी आएर नेपालथोक खण्ड अवरुद्ध बन्ने गरेको छ ।

त्यसपछि विभिन्न अप्ठ्यारो र समस्या भएको ठाउँमा सडकलाई सीधा गर्ने गरी पुल बनाइनेछ । यस्ता पुल एउटै खण्डमा नभएर ठाउँठाउँमा कतै ५० मिटर, कतै सय मिटर गरेर करिब एक किमि बनाइने सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जनाए । अहिले प्रतिकिमि दुई लेन सडक बनाउन ३० करोड र पुल बनाउँदा त्यसको लागत प्रतिमिटर २२ लाख लाग्ने अनुमान छ । सबै गरेर ७ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको सडक विभागले जनायो । ‘यो अनुमान मात्र हो,’ सचिव शर्माले भने, ‘अध्ययन गरेपछि यो लागतमा तलमाथि हुन सक्छ, त्यसैले अध्ययनबाटै कति लागत लाग्ने यकिन हुन्छ ।’

अहिले क्रंकिट वाल लगाएर सडक बनाइएको छ । ती ठाउँमा आरसीसी वाल र रकलाई एंकरिङ गरिने जनाइएको छ । सडक विभागका अनुसार धेरै भित्तो खन्दा पहिरोको जोखिम हुने भएकाले अब सडक बनाउँदा भित्तो नकाट्ने गरी काम गरिनेछ । काभ्रेको चौकी डाँडादेखि मुल्कोटसम्मै सडकमा समस्या छ । त्यसमा पनि बढी समस्या चौकीडाँडादेखि नेपालथोक खण्डमा छ । बाढीले सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति पुर्‍याएको छ ।

बर्खाअघि दिगो सडकको तयारीका लागि साना–साना ठेक्का गरेर काम गरिने विभागले जनाएको छ । कुनै समस्या नआए ठेक्का भएको डेढदेखि दुई वर्षभित्र स्थायी रूपमै यसको निर्माणको काम सकिने सडक विभागको दाबी छ । विगतका वर्षमा चाडबाडका बेला यो राजमार्ग भएर दैनिक १० हजार हाराहारी सवारी साधन गुड्ने गर्थे । अघिपछि पनि दिनको ७ हजारभन्दा बढी सवारीसाधन यो खण्ड भएर गुड्छन् । अहिले पनि सडक व्यवस्थित रूपमा सञ्चालनमा आउन नसक्दा दैनिक ट्राफिक जाम हुने गरेको छ । बेला–बेलामा पहिरो खसेर सडक अवरुद्ध बन्ने गरेको छ । ठूलो पानी पर्नेबित्तिकै सडक ठप्प हुन्छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेलदेखि महोत्तरीको बर्दिबाससम्म १ सय ५८ किलोमिटर सडक जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो । करिब २० वर्ष लगाएर यसको निर्माण गरिएको थियो । राजधानीलाई पूर्वी तराईसँग जोड्ने गरी सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मा सम्पन्न गरी नेपाललाई जापानले हस्तान्तरण गरेको थियो । खोला किनार भएर सडक बनाइएकाले बाढीले बढी क्षति पुर्‍याएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— परवानीपुर गाउँपालिका–१ रहरीयाडिह गाउँमा बुधबार मध्यराति श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ । श्रीमती मनिताको योजनामा उनका २७ वर्षीय श्रीमान् रामेश्वर महतो मण्डल र ४८ वर्षीय सासु सुमित्राको हत्या भएको हो । मनिता घरबाटै पक्राउ परेपछि उनकै योजनामा दुवैको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको हो। दुवैको घटनास्थलमै ...
— उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका चोक–चोकमा लगाएका तथा टाँगेका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेर सार्वजनिक स्थलहरुमा तोरणसहितका सामग्री टाँगेको पाइएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले गत मंगलबार बैठक राखेको थियो। ती बैठकमा उम्मेदवार तथा दलका प्रतिनिधिले आचारसंहिता विपरितलगायका ती सामग्री हटाउने सहमति पनि जनाएका थिए। तर, ...
— गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका-३ छल्दीटारमा ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार मापसे गरेर बुबाले आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमालकाे बिहान साढे ९ ...
— काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा लागेको आगो नियन्त्रणमा आएको छ । होटल सञ्चालकहरूका अनुसार बिहान ९ बजेतिर आगलागी भएको थियो । होटलको माथिल्लो तल्लामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले विजुली सट आएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित ...
— घोराही उपमहानगरपालिका देशकै पहिलो लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा भएको छ । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रित नगर घोषणासम्बन्धी कार्यविधि २०८१ मा व्यवस्था भएअनुसार २६ चरण र ३२ वटा सूचक पूरा गरी बिहीबार लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समिति र प्रदेश सरकारले अनुगमन गरी लैंगिक हिंसा नियन्त्रित घोषणाका सबै प्रक्रिया, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम