मुख्य समाचार
रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना
रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना

: रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका-६ जाहुलेपानीमा दुर्घटना भएको छ।



ना ८ ख ८४१४ नम्बरको रात्रि बस बुधबार दिउँसो मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरिरहेको बताए। उनले बसमा ४५ जना सवार रहेको जानकारी दिए। घाइतेहरूको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको र नामावली खुल्न बाँकी रहेको डीएसपी यादवले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् । बुधबार तेह्रथुममा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताएका हुन् । ‘देशको अफ्ठ्यारो स्थितिलाई हेरेर ठूला राजनीतिक दलहरु, इतिहास बोकेका, जिम्मेवार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले मिलेर यो सरकार बनेको ...
। उच्च अदालत पाटनले विद्युत् महशुल बक्यौता उठाउने नाममा असम्बन्धित कम्पनीहरूको भुक्तानी नरोक्न नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले पियोर इनर्जी लिमिटेडले विद्युत् बिक्री बापतको रकमको भुक्तानी नरोक्न भनी अन्तरिम आदेश दिएको हो । डेडिकेटेड र ट्रंकलाइन महशुल भुक्तानीको बारेमा विभिन्न उद्योगी/व्यवसायी र नेपाल विद्युत् प्राधिकरणको विवाद जारी छ ...
— विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले मुद्दा अभियोजन गरेका हुन् । 'प्रसाईंविरुद्ध विद्युतीय कारोबारमा मुद्दा दर्ता भएको छ ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रमा देखिएको समस्या समाधान गर्न कानुनी जटिलता फुकाइने बताएका छन् । संविधानले प्रदेश सरकारलाई वन क्षेत्रको अधिकार दिएकाले संरक्षण, सम्वद्र्धन तथा राजश्व वृद्धिका लागि निर्धक्क भएर कार्ययोजना निर्माण गरेर कार्यान्वयनमा जुट्न जरुरी रहेको मुख्यमन्त्री आचार्यको भनाई छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री आचार्यले ऐन, कार्यविधि ...
— अर्थतन्त्रको अहिलेको अवस्थाबारे आफू सन्तुष्ट नरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा सांसदहरूजस्तै आफू पनि सन्तुष्ट नरहेको बताए । अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान गर्दै गएको पनि पौडेलको भनाइ थियो । लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने ...