मुख्य समाचार
च्याम्पियन्स लिगमै पनि सिटी स्पोर्टिङ लिस्बनको हातबाट ४–१ ले पराजित
च्याम्पियन्स लिगमै पनि सिटी स्पोर्टिङ लिस्बनको हातबाट ४–१ ले पराजित

— इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीका लागि पछिल्ला केही दिन राम्रो रहेको छैन । त्यसैले त पेप ग्वार्डिओलाको टिमले अविश्वसनीय रूपमा लगातार तीन खेल गुमाएको छ । च्याम्पियन्स लिगमै पनि सिटी स्पोर्टिङ लिस्बनको हातबाट ४–१ ले पराजित रह्यो ।



अरू बेला भए यो खेलको धेरै अर्थ हुने थिएन, तर यसपल्ट भने छ । लिस्बनले त्यस्ता प्रशिक्षकको नेतृत्वमा खेलेको थियो, जसले केही दिनपछि सिटीको छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड सम्हाल्दै छ ।


‘यो सिजन हामीलाई गाह्रो हुने नै छ भन्ने थियो,’ ग्वार्डिओलाले भने, ‘मैले अहिले हार पनि स्वीकारेको छु, किनभने यसमै टिकेर मैले हाम्रा खेलाडीलाई प्रेरित राख्न सक्नेछु । मलाई यस्तै चुनौती मनपर्छ । सबैलाई थाहा छ, हामी हार मान्नेमा पर्दैनौं ।’

तर सिटीका कप्तान बर्नार्डो सिल्भा भने क्लबको लयमा खासै चिन्तित छैनन् । उनी मान्छन्, अहिले सिटी अँध्यारो स्थानमा थुनिएको स्थितिमा छ । भलै यसमा ग्वार्डिओला सहमत भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...