मुख्य समाचार
अमेरिकाको प्रतिद्वन्द्वीका रूपमा परिचित इरानले समेत प्रतिक्रिया दिए
अमेरिकाको प्रतिद्वन्द्वीका रूपमा परिचित इरानले समेत प्रतिक्रिया दिए

— अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि विश्वभरबाट बधाई र प्रतिक्रिया आउने क्रम जारी छ । यसै क्रममा अमेरिकाको प्रतिद्वन्द्वीका रूपमा परिचित इरानले समेत प्रतिक्रिया दिएको छ ।



इरानी सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले सरकारी टेलिभिजन आईआईबीमा प्रतिक्रिया दिँदै ट्रम्पको जितले केही नबदलिने बताएकी छिन् । पछिल्लो समय इरान र इजरायलबीच टकराव बढिरहेका बेला पनि इरानको प्रतिक्रियालाई महत्त्वका साथ हेरिएको छ ।


प्रवक्ता मोहजेरानीले भनेकी छिन्, 'अमेरिकी राष्ट्रपति चुनावले हामीलाई कुनै अर्थ राख्दैन । अमेरिका र इरानमा सरकार बदलिँदैमा केही फरक हुनेवाला छैन । ह्वाइटहाउसमा जोसुकै बसून्, यसले हाम्रा नागरिकको जीवनमा कुनै प्रभाव पर्दैन ।'

पहिलो कार्यकालमा सन् २०१८ मा राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता खारेज गरेका थिए । तत्कालीन राष्ट्रपति बाराक ओबामाको पालामा दुई मुलुकबीच परमाणु सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...