मुख्य समाचार
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा जोडदार पुनरागमन
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा जोडदार पुनरागमन

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा जोडदार पुनरागमन गरेका छन् । निर्वाचनअघिका सबैजसो मत सर्वेक्षणले रिपब्लिकन ट्रम्प र डेमोक्र्याट कमला ह्यारिसबीच झिनो मतान्तरले जित–हार हुने प्रक्षेपण गरेका थिए । तर ह्यारिस मात्र होइन, चुनावी पण्डितहरूलाई पनि स्तब्ध बनाउँदै ट्रम्पले मतको बाढी नै ल्याएका छन् ।



परम्परागत ‘रेड स्टेट’ मा आफ्नो पकड अझ बलियो बनाउँदै उनले ‘ब्लु स्टेट’ बाट मत बढाएका छन् । पेन्सिलभेनिया, मिसिगन, जर्जियाजस्ता ‘स्विङ स्टेट’ ले पनि ट्रम्पको ह्वाइटहाउस यात्रालाई मच्याइदिएका छन् । मतगणना उतरार्द्धतर्फ प्रवेश गर्दा उनले ह्यारिसलाई करिब ५० लाख लोकप्रिय मतले पछि पारेका छन् ।


त्यस्तै दुवै सदनमा पनि ट्रम्पको ‘ग्रान्ड ओल्ड पार्टी’ ले असाधारण बहुमत प्राप्त गरेको छ । यसरी २०२० को निर्वाचनपछि महाभियोगबाट मुस्किलले जोगिएका ट्रम्पको यो सशक्त पुनरागमनले उनका समर्थकलाई बुलन्द हौसला दिएको छ भने आलोचकलाई निराश बनाएको छ । राजनीतिमा अपेक्षा र आशंका जहिले पनि हुन्छन् जसको पटाक्षेप भविष्यले गर्दै जानेछ । वर्तमान घडीमा भने यो लोकतान्त्रिक प्रक्रियाको एउटा स्वाभाविक खुड्किलो हो किनकि ट्रम्प बहुमत जनताको मन र मत जितेर सत्तामा फर्किएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा ट्रम्पले विजयका लागि न्यूनतम आवश्यक २७० भन्दा बढी इलेक्टोरल मत जितेका हुन् । निर्वाचित इलेक्टोरल कलेजले ट्रम्पलाई औपचारिक रूपमा राष्ट्रपतिमा निर्वाचित गरेपछि आगामी जनवरी २० बाट उनले ‘ओभल अफिस’ को कमान्ड सम्हाल्नेछन् । हुन त विभिन्न व्यावसायिक दस्ताबेजमा किर्ते गरेको ३४ वटा कसुरमा उनलाई न्युयोर्कको म्यानहटन फौजदारी अदालतले दोषी ठहर गरेको छ । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो । त्यति मात्रै होइन, अन्य कैयौं अदालतमा उनीविरुद्ध अभियोजन भएको छ ।

तर, अमेरिकामा राष्ट्रपतिका रूपमा प्राप्त विशेषाधिकार र अहिले प्राप्त जनमतको बलमा ट्रम्पले कानुनी उल्झनलाई सहजै किनारा लगाउने विश्वास लिएका छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा ट्रम्पले सही वा गलत जे पनि कदम लिन सक्छन्, उनको कदमले अमेरिका र विश्वलाई फाइदा वा क्षति जे पनि हुन सक्छ । तर, परिणाम जे भए पनि ट्रम्पले अमेरिकी मतदातालाई धोका दिएको मानिने छैन । किनकि उनले आफ्ना एजेन्डा र मनोविज्ञान खुलस्त पारेका छन् । ट्रम्पको एजेन्डा नै ‘अमेरिकालाई फेरि महान् बनाउने’ बाटो हो भन्नेमा अमेरिकी मतदाताले विश्वास प्रकट गरेका छन् । अमेरिकी मतदाताबाट निर्वाचित ट्रम्पको भूमिकाले ल्याउने प्रभाव र परिणाम देशभित्र मात्र सीमित हुने छैन । अन्तर्राष्ट्रिय व्यापार, आप्रवासीमाथिको नीति, रुस–युक्रेन तथा इजरायल–प्यालेस्टाइन–लेबनान युद्धमा उनको भूमिकाले विश्वलाई प्रभावित पारिरहनेछ ।

गर्भपतन महिलाको आत्मनिर्णयको अधिकार हो भन्ने पैरवी गर्दै आएकी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसले यही एजेन्डामा महिला र उदारवादीलाई गोलबन्द गर्न सकिने अपेक्षा गरेकी थिइन् । तर, गर्भपतनको अधिकारमा राज्यको कानुन हस्तक्षेप हुन्छ भन्ने अडान राख्दै आएका ट्रम्पले बहुमत पाए । गैरकानुनी रूपमा प्रवेश गरेका आप्रवासीको भविष्य कानुनी प्रक्रियाबाट तय हुनुपर्छ भन्ने डेमोक्र्याटको दलिललाई खारेज गर्दै ट्रम्पले ‘मास डिपोर्टेसन’ को एजेन्डा अघि सारेका छन् । उनको यो योजनालाई पनि मतदाताले अनुमोदन गरेका छन् ।

त्यस्तै, भूमण्डलीकरण र खुला बजार अर्थतन्त्रको एकल फाइदा चीनले उठायो, त्यसैले आयातमा व्यापक भन्सार बढाएर राष्ट्रिय पुँजी र उद्यमलाई संरक्षण गर्नुपर्छ भन्ने उनको एजेन्डा त सबैभन्दा लोकप्रिय भएको छ किनकि यसले आन्तरिक उत्पादन र रोजगारी बढ्छ भन्ने बहुसंख्यक अमेरिकीको विश्वास छ ।

उता, अन्तर्राष्ट्रिय द्वन्द्व खासगरी रुस–युक्रेन युद्ध तत्काल रोक्ने उनको घोषणा छ । चुनावी भाषणमै भनेजस्तै २४ घण्टामै युक्रेन युद्ध रोकिने जादुको प्रतीक्षा कसैले नगरे होला तर अमेरिका स्वयंका लागि पनि आर्थिक बोझ बन्दै गएको यो युद्ध उनले रोक्न सक्छन् भन्ने विश्वासको आधार नै नभएको भने होइन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उनको सम्बन्ध अघिल्लो कार्यकालमा जत्तिकै सहज भएमा युद्ध रोक्न असहज हुने छैन । बरु, प्रश्न पश्चिम एसियामा फैलिँदो युद्धमा ट्रम्पको भूमिका कस्तो हुन्छ भन्नेमा छ, त्यो युद्ध पनि रोक्न सक्छु भन्ने ट्रम्पको दाबीलाई मतदाताले विश्वास गरेका छन् ।

२०१६ मा झिनो मतान्तरले विजयी र २०२० मा त्यसैगरी पराजित ट्रम्पले २०२४ को निर्वाचन अभियानमा भने सुरुदेखि नै आक्रामक अग्रता लिएका थिए । त्यसैले हो, प्रतिस्पर्धी दलले बहालवाला राष्ट्रपतिलाई किनारा लगाएर उपराष्ट्रपति ह्यारिसलाई दौडमा उतारेको थियो । तर, ह्यारिसले दलको उद्धार गर्न सकिनन् । यसमा उनका अग्रज जो बाइडेन, कमला ह्यारिस स्वयं अथवा दलका अरू नेताको भूमिका कति जिम्मेवार थियो भन्ने समीक्षा गर्न डेमोक्र्याट शिविरमा समय नै समय छ । तर, ट्रम्पका काँधमा भने मतदाताबाट प्राप्त राजनीतिक शक्तिलाई शासकीय सामर्थ्यमा परिणत गर्ने जिम्मेवारी आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...