मुख्य समाचार
जापानले प्रक्षेपण गर्‍यो विश्वकै पहिलो काठ निर्मित स्याटेलाइट
जापानले प्रक्षेपण गर्‍यो विश्वकै पहिलो काठ निर्मित स्याटेलाइट

काठबाट बनेको विश्वकै पहिलो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । भविष्यमा चन्द्रमा तथा मंगल ग्रहलगायतका अन्तरिक्ष अन्वेषणमा नवीकरणीय निर्माण सामग्रीको रुपमा काठको उपयोगिताको परिक्षणका लागि उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो ।

जापानी अनुसन्धानकर्ताहरुले निर्माण गरेको सो काठे स्याटेलाइटको तौल जम्मा ९ सय ग्राम छ । स्पेस एक्स मिसनमार्फत् प्रक्षेपित उक्त स्याटेलाइट अन्तराष्ट्रिय स्पेस स्टेसनतर्फ अघि बढेको छ । त्यसपछि उक्त स्याटेलाइटलाई पृथ्वीको माथि कक्षमा छाडिनेछ ।

LignoSat नामक उक्त स्याटेलाइटका प्यानलहरु म्याग्नोलिया प्रजातिको रुखको काठबाट परम्परागत तवरले कुनै किला र ग्लू प्रयोग नगरिकनै बनाइएको छ । यो स्याटेलाइटको अर्थ याटिन भाषामा काठ भन्ने हुन्छ ।

उक्त स्याटेलाइटको विकास गर्ने क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यो काठे स्याटेलाइटको सफलताले भविष्यमा अन्तरिक्ष अन्वेषणमा धातुलाई काठले प्रतिस्थापन गर्ने आशा व्यक्त गरेका छन् ।




क्योटो विश्वविद्यालयको वन विज्ञानका प्राध्यापक कोजी मुराटाले भनेका छन्- अन्तरिक्षमा पानी र अक्सिजन नहुने र त्यसले काठ जल्ने र कुहिने जोखिम नरहने भएकाले पृथ्वीमा भन्दा अन्तरिक्षमा काठ बढि टिकाउ हुन्छ ।

उनका अनुसार सन् १९०० को सुरुवाततिर हवाइजहाज पनि काठका हुन्थे । त्यसैले काठे स्याटेलाइट सम्भाव्य विकल्प हुने उनको भनाइ छ ।

अनुसन्धानकर्ताहरुका अनुसार यदि भविष्यमा चन्द्रमा वा मंगल ग्रहमा वृक्षारोपण गर्न सकिएमा रुखहरुले भविष्यको अन्तरिक्ष वस्ती विकासमा निर्माण सामग्रीको पनि काम गर्नेछ ।

प्रक्षेपण गरिएको काठे स्याटेलाइटमा काठका प्यानलका अतिरिक्त परम्परागत आल्मुनियम संरचना तथा विद्युतीय हिस्सा पनि रहेका छन् । साथै अन्तरिक्षमा काठले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने थाहा पाउनका लागि बोर्डमा सेन्सर पनि राखिएको छ । यो स्याटेलाइटले ६ महिनासम्म पृथ्वीको परिक्रमा गर्नेछ ।

शोधकर्ताहरुले अन्तरीक्षयान निर्माणमा काठको प्रयोग गर्नु धातुको तुलनामा कम प्रदूषक हुनेछ । खासगरी स्याटेलाइटहरुको आयु समाप्त भएर नष्ट भई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा काठ पूर्णरुपमा दहन हुने र त्यसबाट पृथ्वीमा खतरनाक धातुजन्य फोहोर खस्ने जोखिम उत्पन्न हुने सम्भावना पनि रहनेछैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सरकारलाई ‘हनिमुन पिरियड’ नचाहिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको पहिलो वैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाको सरकारले दिन गनेर नभई मिनेट गनेर काम गर्ने बताए । उनले प्रतिशोधका आधारमा विपक्षी दलहरुप्रति व्यवहार नहुने बताएका छन् । नेपाली जनताले काम गरेर देखाउन रास्वपालाई ऐतिहासिक दुई तिहाइ मत दिएको ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेटको मार्ग भएर जापानसँग सम्बन्धित जहाजहरूको आवागमनमा अनुमति दिन तयार रहेको बताएका छन् । उनले जापानको ‘क्योडो न्युज’ सँग इरान होर्मुज स्ट्रेट भएर जापानसँग सम्बन्धित जहाजहरूको आवत–जावतका लागि अनुमति दिन तयार रहेको बताएका हुन् । ‘क्योडो न्युज’ अनुसार अरागचीले प्रतिबन्ध अस्थायी रूपले हटाउने उद्देश्यले जापानी पक्षसँग पहिलेबाट नै कुराकानी सुरू भइसकेको ...
। जापानले महिला एसियन कप फुटबल २०२६ को उपाधि जितेको छ। फाइनलमा आयोजक अस्ट्रेलियालाई १–० गोलले पराजित गर्दै जापानले तेस्रो पटक उपाधि हात पारेको हो। सिड्नीमा भएको खेलमा पहिलो हाफमै माइका हमानोले उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाएकी थिइन्। करिब १८ मिटर टाढाबाट गरेको उनको प्रहार निर्णायक बन्यो। जापानले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै २९ गोल गरेको थियो ...
: जापान सरकारले बझाङ जिल्लास्थित श्री सत्यवादी उच्च माध्यमिक विद्यालयका लागि कक्षा कोठा निर्माण गर्न आर्थिक सहयोग प्रदान गर्ने भएको छ। यस सम्बन्धमा नेपालका लागि जापानका राजदूत मायदा तोरु र युनाइटेड मिसन टु नेपाल मेडिकल एन्ड डेभलपमेन्ट ट्रस्टकी कार्यकारी निर्देश धन लामाबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो। उक्त हस्ताक्षर समारोह आज काठमाडौंस्थित जापानी दूतावासमा मा सम्पन्न ...
: जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सन् २०३१ को मार्च महिनासम्ममा ताइवानबाट ११० किलोमिटरको दुर्गम पश्चिमी टापु 'योनागुनी' मा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू तैनाथ गरिने घोषणा गरेका छन् । सन् २०२२ मा यो योजना घोषणा गरिए पनि जापानले सैन्य योजनाको निश्चित समयतालिका पहिलो पटक सार्वजनिक गरेको हो जसलाई यस क्षेत्रमा बढ्दो चिनियाँ सैन्य ...