काठबाट बनेको विश्वकै पहिलो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । भविष्यमा चन्द्रमा तथा मंगल ग्रहलगायतका अन्तरिक्ष अन्वेषणमा नवीकरणीय निर्माण सामग्रीको रुपमा काठको उपयोगिताको परिक्षणका लागि उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो ।
जापानी अनुसन्धानकर्ताहरुले निर्माण गरेको सो काठे स्याटेलाइटको तौल जम्मा ९ सय ग्राम छ । स्पेस एक्स मिसनमार्फत् प्रक्षेपित उक्त स्याटेलाइट अन्तराष्ट्रिय स्पेस स्टेसनतर्फ अघि बढेको छ । त्यसपछि उक्त स्याटेलाइटलाई पृथ्वीको माथि कक्षमा छाडिनेछ ।
LignoSat नामक उक्त स्याटेलाइटका प्यानलहरु म्याग्नोलिया प्रजातिको रुखको काठबाट परम्परागत तवरले कुनै किला र ग्लू प्रयोग नगरिकनै बनाइएको छ । यो स्याटेलाइटको अर्थ याटिन भाषामा काठ भन्ने हुन्छ ।
उक्त स्याटेलाइटको विकास गर्ने क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यो काठे स्याटेलाइटको सफलताले भविष्यमा अन्तरिक्ष अन्वेषणमा धातुलाई काठले प्रतिस्थापन गर्ने आशा व्यक्त गरेका छन् ।
क्योटो विश्वविद्यालयको वन विज्ञानका प्राध्यापक कोजी मुराटाले भनेका छन्- अन्तरिक्षमा पानी र अक्सिजन नहुने र त्यसले काठ जल्ने र कुहिने जोखिम नरहने भएकाले पृथ्वीमा भन्दा अन्तरिक्षमा काठ बढि टिकाउ हुन्छ ।
उनका अनुसार सन् १९०० को सुरुवाततिर हवाइजहाज पनि काठका हुन्थे । त्यसैले काठे स्याटेलाइट सम्भाव्य विकल्प हुने उनको भनाइ छ ।
अनुसन्धानकर्ताहरुका अनुसार यदि भविष्यमा चन्द्रमा वा मंगल ग्रहमा वृक्षारोपण गर्न सकिएमा रुखहरुले भविष्यको अन्तरिक्ष वस्ती विकासमा निर्माण सामग्रीको पनि काम गर्नेछ ।
प्रक्षेपण गरिएको काठे स्याटेलाइटमा काठका प्यानलका अतिरिक्त परम्परागत आल्मुनियम संरचना तथा विद्युतीय हिस्सा पनि रहेका छन् । साथै अन्तरिक्षमा काठले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने थाहा पाउनका लागि बोर्डमा सेन्सर पनि राखिएको छ । यो स्याटेलाइटले ६ महिनासम्म पृथ्वीको परिक्रमा गर्नेछ ।
शोधकर्ताहरुले अन्तरीक्षयान निर्माणमा काठको प्रयोग गर्नु धातुको तुलनामा कम प्रदूषक हुनेछ । खासगरी स्याटेलाइटहरुको आयु समाप्त भएर नष्ट भई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा काठ पूर्णरुपमा दहन हुने र त्यसबाट पृथ्वीमा खतरनाक धातुजन्य फोहोर खस्ने जोखिम उत्पन्न हुने सम्भावना पनि रहनेछैन ।
टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानकी नयाँ प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टी (LDP) की अध्यक्ष ताकाइचीले आफ्नो कार्यकालको पहिलो ठूलो कूटनीतिक परीक्षा सामना गर्न लागेकी छन्। उनी अक्टोबर २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो शिखर बैठक गर्ने तयारीमा छन्। यस भेटका क्रममा ट्रम्पले जापानसँग रक्षा खर्च सकल गार्हस्थ उत्पादन (GDP) को ३.५% ...
ओसाका, अक्टोबर १० (न्युज अन जापान) — ओसाकाको नाकानोशिमा क्षेत्रमा अक्टोबर १० बाट एक अनौठो अनुभव सुरु भएको छ — “स्काई रेस्टुरेन्ट”, जहाँ पाहुनाहरूलाई जमिनबाट ४० मिटर माथि झुन्डिएर खाना र पेय पदार्थको मजा लिन मिल्नेछ। यो रेस्टुरेन्ट अनुभव जापानको कान्साई क्षेत्रमा पहिलोपटक ल्याइएको हो, जुन यसअघि बेलायत, फ्रान्स, जर्मनी, चीनसहित ६५ भन्दा बढी देशहरूमा ...
टोकियो, जापान — ह्योगो प्रान्तीय प्रहरीका दुई प्रहरी अधिकृत गाँजासहित पक्राउ परेका छन्। उनीहरूले उक्त लागूपदार्थ आफ्नै प्रयोगको लागि राखेको स्वीकार गरेका छन्।
पक्राउ पर्नेमा अकाशी प्रहरी चौकीमा कार्यरत एक गस्ती प्रहरी र फुकिआई प्रहरी चौकीका एक सर्जन्ट रहेका छन्। दुवैजनाले गत अक्टोबर महिनामा आफ्ना-आफ्नै घरमा गाँजा राखेको आरोप लागेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार प्रहरीले गस्ती प्रहरी काटोलाई ...