मुख्य समाचार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरे
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरे

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरेका छन् । रक्षामन्त्री गालान्टसँग विश्वासको वातावरण कमजोर बनेको र युद्धको समयमा यस्तो हुनु राम्रो नहुने भन्दै नेतान्याहुले उनलाई पदमुक्त गरेका हुन् ।

टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले विदेशमन्त्री इजरायल काट्जलाई रक्षामन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् । विदेशमन्त्रीमा गिदोन सारले जिम्मेवारी पाउनेछन् ।

मंगलबार राति ८ बजे नेतान्याहुको कार्यालयबाट गालान्टलाई पत्र हस्तान्तरण गरिएको थियो । पत्रमा नेतान्याहुले पत्र पाएको ४८ घण्टापछि रक्षामन्त्रीको कार्यकाल समाप्त हुने लेखेका थिए ।

रक्षामन्त्री बर्खास्त गरेपछि एक भिडियो सन्देशमा तान्याहुले भने, ‘युद्धको सुरुमा हामीबीच विश्वास थियो, हामीले सँगै धेरै काम गर्‍यौं, तर पछिल्ला केही महिनामा हामीबीचको यो विश्वास खस्कँदै गइरहेको छ।’


भिडियो सम्बोधनमा उनले अगाडि थपेका छन्, ‘युद्धका धेरै पक्षमा हामी एकअर्कासँग सहमत थिएनौं। पटकपटक मन्त्रिपरिषदको निर्णयमा सहमति नभएको अभिव्यक्ति दिएका थिए ।’

उनले ग्यालेन्टको अभिव्यक्तिले दुश्मनहरूलाई फाइदा पुगेको पनि आरोप लगाए । ‘मैले हामीबीचको दूरी कम गर्न धेरै पटक प्रयास गरें, तर हुन सकेन’ नेतान्याहुले भनेका छन्, ‘बिस्तारै यो जनतामा पनि देखिन थालेको छ। हाम्रा शत्रुहरूले यसको फाइदा उठाउन थाल्नु सबैभन्दा खराब कुरा भयो।’

नेतान्याहुले गालान्टलाई बर्खास्त गरेको पछिल्लो दुई वर्षमा यो दोस्रोपटक हो । यसअघि पनि यस्तै आरोप लगाएर बर्खास्त गरे पनि गालान्ट एक महिनाभित्रै पुनः सोही पदमा फर्किएका थिए ।

गालान्टले भने देशको रक्षा गर्नु आफ्नो कर्तव्य भएको प्रतिक्रिया दिएका छन् । ‘इजरायलको सुरक्षा सधैं मेरो जीवनको लक्ष्य हो र भविष्यमा पनि रक्षा गर्न तयार हुनेछु’ राजीनामापछिको पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘मलाई बर्खास्त गर्नुको कारण असोज ७ को हमलामा अपहरणमा परेका जनताको रिहाइ र युद्धको छानबिन आयोग गठनको माग थियो ।’

उनले आगामी वर्षहरूमा इजरायलले धेरै कठिनाइहरूको सामना गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...